२३ असार २०८३, मंगलबार

अमेरिकामा कानून व्यवस्था धरापमा, बढ्यो लुटपाट

मंसिर १२, २०७८
अमेरिकामा कानून व्यवस्था धरापमा, बढ्यो लुटपाट

अमेरिकाको लस एन्जलसमा शुक्रवार चोरहरूले विलासी वस्तुका पसलहरूमा लुटपाट गरेका छन् । 

ब्लयाक फ्राइडेको अवसरमा मानिसहरू खरिददारी गर्न गएको मौका छोपेर चोरहरूले विभिन्न पसलमा लुटपाट गरेका हुन् । 

बेभर्ली ग्रोभ शपिङ डिस्ट्रिक्टमा रहेको बोटेगा भेनेटा स्टोरमा साँझ ५ः२१ मा चोरहरूको समूह प्रवेश गरेर महंगा सामान लिएर हिँडेका थिए । एउटा चोरले एकजनाको अनुहारमा खुर्सानीको धूलो फ्याँकेको थियो । 

लेकवूडमा रहेको होम डिपोमा आठजना मानिस ७ः५५ मा पसेका थिए । त्यहाँबाट उनीहरूले ह्याम्मर र अन्य सामग्री चोरे, ग्राहकहरूलाई थर्काए अनि १० वटा कार चढेर भागे । 

ह्याम्मरहरू चोरिएकाले अन्य पसल फोरेर लुट्न प्रयोग गरिने डर बढेको छ । 

चोरहरूले शीशाको डिस्प्ले फोरेर त्यसभित्र राखिएको गरगहना र महंगा वस्तु लिएर गएका छन् । 

प्रहरले होम डिपो र बोटेगा भेनेटा घटनाको अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्