अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरिएन्टलाई विश्व स्वास्थ्य संगठनले ओमिक्रोन नाम दिएको छ ।
अहिलेसम्म भेटिएका भेरिएन्टको नाम ग्रिसेली अल्फाबेटको क्रमशः आधारमा राखिएको भए पनि विश्व स्वास्थ्य संगठनले नु र सीलाई छोडेर एकैचोटि ओमिक्रोन राखेको छ ।
सी भेरिएन्ट भनी नाम राख्दा चीनका राष्ट्रपति सी चिनपिङ रिसाउन सक्ने भएकाले ओमिक्रोन राखिएको हुन सक्ने अनुमान गरिएको छ ।
राष्ट्रपति सीले विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एधानोम गेब्रेयेसुसमाथि प्रभाव राख्ने गरेको बताइन्छ । टेड्रोसको देश इथियोपियामा चीनले व्यापक लगानी गर्ने गरेको छ ।
कोभिड संक्रमणको आरम्भिक चरणमा विश्व स्वास्थ्य संगठनको प्रतिक्रियालाई प्रभावित पार्नका लागि चीन सरकारले आक्रामक अभियान चलाएको आरोप छ । त्यसले गर्दा महामारी रोक्ने अवसर गुमेको बताइन्छ ।
तर भाइरस फैलिनुअघि नै विश्व स्वास्थ्य संगठनले विश्वसनीयता गुमाइसकेको बताइन्छ ।