०१ असार २०८३, सोमबार

तोलामा २०० रूपैयाँले बढ्यो सुन, मूल्य कति ?

मंसिर १२, २०७८
तोलामा २०० रूपैयाँले बढ्यो सुन, मूल्य कति ?

सुनचाँदी बजारमा साताको पहिलो कारोवार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रूपैयाँ तोकिएको छ । 

अघिल्लो दिन प्रतितोला ९१ हजार ९०० मा कारोवार भएको सुनको मूल्य आज प्रतितोला २०० रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० रूपैयाँ कायम भएको छ । शुक्रवार प्रतितोला ९१ हजार ४०० रूपैयाँमा यसको कारोवार भएको थियो ।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोवार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २१० रूपैयाँ तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोवार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्