×
Bajaj Top
Khukuri
FONEPAY

कांग्रेसमा महिला नेतृत्व

पुर्खाको बिँडो थाम्दै कांग्रेसको राजनीतिमा उदाएका यी नेत्रीहरू

धनगढी | मंसिर १२, २०७८

NTC
TVS INSIDE

केही दिनयता राजनीतिक क्षेत्र अधिवेशनमय भएको छ । चाहे नेपाली कांग्रेसको होस् वा नेकपा एमाले र माओवादी केन्द्र । प्रमुख दलहरू आन्तरिक अधिवेशनमा छन् ।

Sanima Bank
morang Auto yamaha

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली जिल्लामा नेपाली कांग्रेसको जारी अधिवेशनमा नातिनातिनीपुस्ता अग्रपंक्तिमा देखिएका छन् । त्यसभित्र पनि महिला नेत्रीहरू फराकिलो मतान्तरका साथ नेतृत्वमा आएका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

कैलालीको ३ नम्बर निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा तेस्रो पुस्ताकी रीता चौधरी अत्यधिक मतले निर्वाचित भएकी छिन् । घोडाघोडी नगरपालिका–१० थेवैकी ४२ वर्षीया रीताकुमारी चौधरी फराकिलो मतान्तरका साथ क्षेत्रीय सभापतिमा निर्वाचित भएकी हुन् । उनले ३०८ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्द्वी गोकेन्द्र भण्डारी १५३ मतमा सीमित भएका छन् ।

चौधरीका बाजे बीपी कोइरालाताकादेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा थिए । उनका बाजे कुकाली डंगौरा थारु कांग्रेसको राजनीतिमा सक्रिय थिए । त्यसपछि उनका बुवा सुखराम डंगौरा थारु नेपाली कांग्रेसबाट तत्कालीन पहलमानपुर गाविस सभापतिमा ३ कार्यकालसम्म नेतृत्वमा रहे ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

अब तिनै बाजे र बुवाको बिँडो थाम्दै उनी क्षेत्रीय सभापतिमा आएकी हुन् । यसअघि उनी नेपाली कांग्रेसको १२औं महाअधिवेसनमा क्षेत्रीय प्रतिनिधि भएकी थिइन् भने १३औं महाधिवेशनमा महासमिति सदस्य भएकी थिइन् । २०७४ सालमा स्थानीय तह निर्वाचनमा घोडाघोडी नगरपालिकाको मेयरको उम्मेदवार बनेकी थिइन् तर हार व्यहोरेकी थिइन् ।

उनी भन्छिन्, ‘यो हाम्रो आन्तरिक प्रतिस्पर्धा हो । सबैले माया, विश्वास गरेर मलाई निर्वाचित गर्नुभएको छ । सभापति आइसकेपछि म सबैलाई मिलाएर जान्छु । पार्टीलाई अझ सशक्त बनाउनेमा मेरो भूमिका रहन्छ ।’

रीता चौधरी

कैलालीको ५ नम्बर निर्वाचन क्षेत्रमा पतिको निधनपछि रीता भण्डारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । २२० मत ल्याएर निर्वाचित उनी कांगे्रस नेता तथा धनगढी नगरपालिकाका तत्कालीन मेयर स्व. किशोरकुमार बमकी पत्नी हुन् ।

कैलालीको ५ नम्बर निर्वाचन क्षेत्रबाटै निपा चोखाल पनि अत्यधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । चोखाल २८७ मत ल्याएर निर्वाचित भएकी हुन् ।

चोखाल नेपाली कांग्रेसका नेता तथा पूर्व कानूनमन्त्री स्व. टेकबहादुर चोखालकी छोरी हुन् । 

नेपाल ल क्याम्पसबाट बीए एलएलबी गरेकी ३८ वर्षीया निपा आफ्ना बुवाको पदचापलाई पछ्याउँदै राजनीतिमा आएकी हुन् । उनले आफ्नो जीतलाई स्व. बुवाप्रतिको सम्मानका रूपमा लिएकी छन् । 

‘गुलेली दिदी’ महाधिवेशन प्रतिनिधि

कैलालीको २ नम्बर निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा टीकाकुमारी चौधरी (४६) निर्वाचित भएकी छन् । जानकी गाउँपालिका–२ खर्गौली जन्म घर भएकी उनी कैलालीको साविक जानकीनगर गाविस अध्यक्ष लक्ष्मीनारायण चौधरीकी छोरी हुन् । 

२०४०–५० सालतिर लक्ष्मीनारायण चौधरी २ कार्यकालसम्म अध्यक्ष रहेका थिए । उनै लक्ष्मीनारायण चौधरीकी छोरी टीका चौधरी कांग्रेसको सम्पन्न अधिवेशनमा २९२ मत ल्याउँदै निर्वाचित भएकी छन् ।

नेपाली कांग्रेसको राजनीतिमा उनी गुलेली दिदीको नामले समेत परिचित छिन् । उनी २०६२/२०६३ सालको जनआन्दोलनतिर गुलेली चलाएर जनआन्दोलनमा सहभागी भएको बताउँछिन् । त्यसैले उनी गुलेली दिदीको नामले परिचित भइन् ।

२०६४ सालमा पद्म कन्या क्याम्पसको स्ववियू सभापति तथा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य समेत भइसकेकी उनी नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सभापति तथा नेपाली कांग्रेसका नेता कल्याण गुरुङकी पत्नी समेत हुन् । 

आफ्नो भावी राजनीतिक योजना सुनाउँदै उनी भन्छिन्, ‘क्षेत्र नम्बर २ मा मेरो बुवा कांग्रेसको खम्बा नै हुनुहुन्थ्यो । उहाँको सपना र चाहना पनि छोरी राजनीतिमा आओस् भन्ने थियो । मेरो रुचि पनि हो । सबैको सल्लाहअनुसार म अब आउँदो निर्वाचनको तयारीमा पनि छु ।’
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
पुस २६, २०७८

ललितपुरको कुपण्डोलबाट पुल्चोकतर्फ जाँदा सडकको डिभाइडरमा स–साना ढुंगा राखेर कलात्मक ढंगले सन्देशहरू लेखेको देख्न सकिन्छ । बिरुवा समेत रोपिएको डिभाइडरमा सवारी चालकलाई सुरक्षित यात्राका लागि प्रोत्साहित...

पुस २९, २०७८

हेटौँडा सिमेन्ट उद्योगका लागि चुन ढुंगा ल्याउन २०२० सालमा स्थापना भएको रोपवेको जीर्ण संरचनाका कारण हेटौँडा उपमहानगरपालिका ९ स्थित त्रिवेणी आधारभूत विद्यालयका विद्यार्थी र शिक्षक जोखिममा छन् ।  २०५६ साल...

पुस २६, २०७८

नयाँ आर्थिक वर्ष लागेसँगै नयाँ उत्साहका साथ काम तयारीमा थियो नेपालको सबैभन्दा जेठो बिस्कुट उद्योग ‘नेबिको प्रालि’ । साउन २२ गते शुक्रवार साँझसम्म म्यानेजमेन्ट टीम नयाँ ढंगले अगाडि बढ्न छलफल गर्दै...

पुस २७, २०७८

कैलालीको भजनी नगरपालिका ७ हिम्मतपुरकी ८० वर्षीया दुलारी थरुनी पहिले बस्दै आएको घर भएको ठाउँमा मोहना नदी बग्दैछ । वनको छेउमा बनाइएको ओत लाग्ने टहरामा वनले डोजर चलाएपछि उनी स्तब्ध छिन् । जीवनमा यसरी विपत्त...

पुस २९, २०७८

कीर्तिपुरका राजमान मानव सफाइ अभियन्ता हुन् । विश्वका हरेक कुनाकाप्चामा पुगेर सफाइ गर्ने लक्ष्यका साथ अगाडि बढेका उनले विभिन्न देश पुगेर सफाइ अभियान चलाइसकेका छन् । १२ वर्षदेखि निरन्तर यस अभियानमा होमिएको...

पुस २५, २०७८

पृथ्वी राजमार्ग हुँदै मुग्लिनबाट नारायणतर्फ जाँदा जुगेडी कटेपछि रामनगर बजार नपुग्दै  एउटा जंगल शुरू हुन्छ । जंगलको बीचबाट राजमार्गको दाहिनेतर्फ एउटा चिल्लो बाटो छ । उक्त बाटोबाट झण्डै २ किलो...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...