२३ जेठ २०८३, शनिबार

बिकिनी टपमा अनन्याले शेयर गरिन् 'बोल्ड' अवतार, गरिन् प्रेमका कुरा

मंसिर १२, २०७८
बिकिनी टपमा अनन्याले शेयर गरिन् 'बोल्ड' अवतार, गरिन्  प्रेमका कुरा

बलिउड अभिनेत्री अनन्या पाण्डे पछिल्ला दिनमा बहुप्रतीक्षित चलचित्र ‘लाइगर’को निर्माणमा व्यस्त छिन् ।

यसै शिलशिलामा पाण्डे लस भेगसमा विजय देवरकोन्डासँगै शुटिङ गरिरहेकी छन् । 

यस शुटिङको साथै पाण्डे मस्ती समेत गरिरहेकी छिन् । 

उनले सूर्यअस्तको समयमा विभिन्न पोजमा आफ्नो बोल्ड तस्वीर खिचाएकी छन् । 

उनले सामाजिक सञ्जालमा शेयर गरेको तस्वीर अहिले भाइरल भइरहेको छ । 

आफ्नो इन्स्टाग्राम अकाउन्टमा तस्वीर शेयर गर्दै अनन्याले ‘आफू सधैँ आकाशसँगको प्यारमा दीवानी भएको बताएकी छिन् ।

उनले तस्वीरको क्याप्शनमा लेखेकी छन्,‘आइ एम जस्ट फरइभर इन लभ वीथ द स्काई, लाइगर ।’

तस्वीरमा उनले ब्लू बिकिनी टपमा देखिएकी छन् । जसको साथ ह्वाइट नेटेड श्रग पनि उनले पहिरिएकी छिन् । 

अनन्या केही समयमा लिगर चलचित्रमा देखिँदैछिन् । चलचित्रका निर्देशन पुरी जगन्नाथले गरेका छन् । 

करण जौहरद्वारा निर्मित यो चलचित्र आगामी  ९ सेप्टेम्बरमा रिलिज हुने बताइएको छ । 
 

 

salt training

कमेन्ट गर्नुहोस्