२२ जेठ २०८३, शुक्रबार

डिभोर्समा पत्नीले १ करोड मागेपछि यी युवाले गरे आत्महत्या, स्कुटीको डिक्कीमा भेटिएको सुसाइड नोटले खुलायो पोल

मंसिर १२, २०७८
डिभोर्समा पत्नीले १ करोड मागेपछि यी युवाले गरे आत्महत्या, स्कुटीको डिक्कीमा भेटिएको सुसाइड नोटले खुलायो पोल

डिभोर्सका लागि पत्नीले १ करोड रुपैयाँ मागेपछि पतिले आत्महत्या गरेका छन् । 

यो घटना भारतको मध्यप्रदेश स्थित खरगोनको हो ।

त्यहाँको ४० फिट उचाइको नर्मदा पुलबाट हाम फालेर युवकले आत्महत्या गरेको बताइएको छ ।

आत्महत्या गर्नुपूर्व युवकले भिडियो बनाएर पत्नी र ससुरालीले एक करोड भारतीय रुपैयाँ मागेको आरोप लगाएको बताइएको छ । 

बिहीवार अजय द्विवेदी स्कुटरमा आफ्नो साथीसँगै ओमकारेश्वर गइरहेका थिए । त्यसैबखत नर्मदा पुलबाट उनी हामफालेको बताइएको छ ।

शनिवार उनको शव भेटिएको त्यहाँस्थित प्रहरीले जनाएको छ । 

प्रहरीले मृतकको स्कुटीको डिक्कीमा सुसाइडड नोट भेटिएको बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्