२२ जेठ २०८३, शुक्रबार

युगान्डा सरकारले ऋण तिर्न नसकेपछि विमानस्थल बुझायो चीनलाई

मंसिर १२, २०७८
युगान्डा सरकारले ऋण तिर्न नसकेपछि विमानस्थल बुझायो चीनलाई

युगान्डा सरकार ऋण तिर्न नसक्दा आफ्नो प्रमुख विमानस्थल चीनलाई सुम्पिन बाध्य भएको छ । 

अफ्रिकी सञ्चारमाध्यममा आएको खबरअनुसार, युगान्डा सरकारले चीनसँगको लोन अग्रीमेन्ट पूरा गर्न सकेन । ऋण तिर्न नसकेमा विमानस्थल चीनलाई सुम्पिने शर्त थियो । 

एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल र युगान्डाका अन्य सम्पत्तिहरू लिलामबिक्री गरिएको र चिनियाँ ऋणदाताहरूका तर्फबाट ऋणको मध्यस्थतामा कब्जा गर्ने विषयमा सहमति व्यक्त गरिएको थियो । 

युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले एक प्रतिनिधिमण्डल बेइजिङ पठाएका थिए । त्यहाँ ऋणका शतएका पुनः छलफल गरिने आशा गरिएको थियो । 

तर चिनियाँ अधिकारीहरूले सम्झौताका मूल शर्तहरूमा कुनै पनि किसिमको संशोधन नगर्ने बताए । 

युगान्डाको अर्थ मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गरेको युगान्डा सरकारले सन् २०१५ मा चीनको एक्जिम बैंकसँग सम्झौतामा हस्ताक्षर गरेर ख्ण लिएको थियो । 

आलोचकहरूले यसलाई चीनको ऋणजाल भनी चित्रित गरेको भए पनि चीनको परराष्ट्र मन्त्रालयले यस्तो दाबी तथ्यमा आधारित नरहेको बताएको छ । कोभिडपछि अफ्रिकी मुलुकहरूलाई ऋणको भार कम गर्ने विषयलाई चीनले समर्थन गर्ने गरेको र अतिविपन्न मुलुकहरूको ऋण मिनाहा गर्ने जी२० को पहललाई सक्रिय रूपमा लागू गर्न लागिपरेको बताएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्