
साताको पहिलो दिन आइतवार शेयर बजारमा पहिरो गएको छ ।
यस दिन नेप्से परिसूचक ८०.२९ अंकले घट्दै २६५१.४९ विन्दुमा झरेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक १४.१९ अंकले घट्दै ५०१.४६ विन्दुमा झरेको छ ।
यस दिन ६ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ८२ कम्पनीको मूल्य घटेको छ ।
यस दिन ५ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
कुल २ सय ३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २ सय २ कित्ता शेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५४ रुपैयाँमा खरिदबिक्री भएको छ ।
यस दिन सबैभन्दा बढी आईसीएफसी फाइनान्स लिमिटेडको शेयर मूल्य ९.७८ प्रतिशतले बढेको छ ।
यस्तै हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य सबैभन्दाब धेरै ८.४९ प्रतिशतले घटेको छ ।
यस दिन कारोबार रकमका आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंक लिमिटेडले २९ करोड ८१ लाख ९१ हजार १ सय ६१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेको छ ।
शुक्रवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेको थियो ।
समीक्षामार्फत पनि शेयर बजारमा कुनै सम्बोधन नहुँदा लगानीकर्ता निराश छन् ।