१२ साउन २०८३, मंगलबार

माओवादी विदुर नगर कमिटीको अध्यक्ष बनिन् प्रभा बोगटी

मंसिर १२, २०७८
माओवादी विदुर नगर कमिटीको अध्यक्ष बनिन् प्रभा बोगटी

नेकपा (माओवादी केन्द्र) विदुर नगर कमिटीको अध्यक्षमा प्रभा बोगटी निर्वाचित भएकी छन् । 

शनिवार भएको दोस्रो सम्मेलनबाट बोगटी नुवाकोटको विदुर नगरपालिकास्तरीय कमिटीको अध्यक्ष निर्वाचित बनेकी हुन् । लामो समय पत्रकारिता गरेकी प्रभा माओवादीका पूर्व महासचिव स्व. पोष्टबहादुर बोगटीकी छोरी हुन् । 

प्रभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरेर बधाई दिएका छन् । माओवादी आन्दोलनमा लागेका बोगटीको परिवारका सदस्य सुरक्षाकर्मीबाट मारिएका थिए । शनिवार भएको सम्मेलनबाट धेरै युवा नेतृत्वमा आएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्