×

NMB BANK
NIC ASIA

समिट एयरको ‘दादागिरी’ अदालतबाट असफल, हुम्लामा भोलिदेखि नै चामल ढुवानी हुने

मंसिर १२, २०७८

NTC
Premier Steels

चामल ढुवानी सम्बन्धी ठेक्कामा अनियमितता गरिएको भन्दै परेको रिटमा यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले निरन्तरता नदिएपछि अब हुम्लामा चामल आपूर्ति सहज हुने भएको छ ।

Muktinath Bank

निजी विमान सेवा प्रदायक कम्पनी समिट एयरले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसहित ५ निकायलाई विपक्षी बनाई दर्ता गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उच्च अदालतका न्यायाधीशद्वय महेन्द्रप्रसाद उपाध्याय र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले आइतवार सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरिरहनु परेन भन्दै आदेश गरेको छ ।
 
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्लामा चामल ढुवानीका लागि श्रीर्मिका एयर कार्गोलाई छनोट गरेर सम्झौता गरेको थियो । प्रतिस्पर्धामा सहभागी भएका सीता एयर, तारा एयर र समिट एयरको बोलपत्र प्रभावग्राही नभएको भन्दै कम्पनीले चामल ढुवानीका लागि श्रीर्मिकालाई छनोट गरेको थियो ।


Advertisment
Nabil box
Kumari

ठेक्का नपाएपछि समिट एयरले कम्पनीसहित ५ जनालाई विपक्षी बनाई ठेक्का प्रक्रियामा कम दर प्रस्ताव गर्दा पनि ठेक्का नपाएको भन्दै  उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो ।
 
रिटको प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतले तत्काल ढुवानीको काम शुरू नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई मंसिर १२ गते छलफलका लागि बोलाएको थियो । सोही क्रममा आइतवार सुनुवाइ गर्दै उच्च अदालतले जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएन ।  

Vianet communication

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वितरण शाखा प्रमुख भीमबहादुर थापाले अदालतको पछिल्लो आदेश हुम्लाका जनताको पक्षमा भएको बताए । ‘भोलि नै १० बजे पुगेर हामी आदेशको प्रतिलिपि लिएर अदालतको आदेश अनुसार हुम्लामा चामल आपूर्ति गराउने काममा लाग्छौं,’ थापाले लोकान्तरसँग भने, ‘अब हुम्लाको जनताले भात खान पाउनेछन् ।’

अब श्रीर्मिका एयर कार्गो कम्पनीले सुर्खेत र नेपालगञ्जबाट हवाइ मार्ग हुँदै हुम्लाको सिमिकोटमा चामल ढुवानी गर्नेछ ।

ढुवानीको एकाधिकार तोडिएपछि समिटको 'दादागिरी', साउनदेखि नै हुम्लामा चामलको हाहाकार !

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x