जेठ ७, २०७९
प्रहरीले बालिका करणी गरेको आरोपमा झापामा एक म्यादी प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जना...
हिमाली जिल्ला मनाङका बाढीपहिरो पीडितलाई राहतस्वरूप रकम वितरण गरिएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयले यहाँका बाढीपहिरो पीडितलाई घर निर्माणका लागि रकम हस्तान्तरण गरेको हो ।
प्रतिघरधुरीलाई रु दुई लाखका दरले मनाङका ७४ घरधुरीलाई राहत रकमस्वरूप घर बनाउन उक्त रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार प्रतिघरधुरी रु दुई लाखका दरले रु एक करोड ४८ लाख विशेष राहतअन्तर्गत रकम वितरण गरिएको छ । “बाढीपहिरोबाट पूर्ण क्षति पुगेका घर परिवारका लागि राहतस्वरूप रकम वितरण गरिएको हो । आंशिकरूपमा क्षति पुगेका घर परिवारलाई राहत दिने विषयमा टेवल हुन बाँकी रहेकाले पूर्ण क्षति पुगेका घर परिवारलाई मात्र यो विशेष प्याकेजका रूपमा राहत वितरण गरिएको छ”, प्रजिअ आचार्यले भने ।
पूर्ण क्षति पुगेका घर परिवारलाई प्रदेश आर्थिक मामिलामन्त्री रामजी बरालले आज बाढीपहिरोले क्षति पुगेको स्थलमा पुगेर राहत हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा उनले विशेष प्याकेजका रूपमा प्रदान गर्ने भनेर घोषणा गरिएको रकम वास्तविक बाढीपहिरो पीडितसमक्ष पुर्याउने लक्ष्यका साथ प्रदान गरिएको बताए । उनले विशेष प्याकेजको यो रकमले घरबार पूर्ण क्षति भएका परिवारलाई राहत पुग्ने विश्वास लिए । ढिलै भए पनि यहाँका जनताको घाउमा मलम लगाउने कार्य गरिएको उनले बताए ।
पर्यटकीय क्षेत्र मनाङको कोरोनासँगै बाढीपहिरोले क्षति पुर्याउँदा प्रदेशको आर्थिकस्तरमा प्रभाव पारेको उनको भनाइ थियो । यसको विकासका लागि सरकार प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । तत्काल राहत पुर्याउन मुस्किल भए पनि ढिला गरी बाढीपहिरो समक्ष पुर्याउन सकिएको उनले बताए ।
प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले पर्यटन, सामुदायिक आवास, निजी आवासलगायत विभिन्न किसिमका क्षेत्रमा क्षति पुगेकाले सहयोगका लागि प्रदेश सरकार लागिपरेको बताए । उनले मनाङको क्षतिको पूर्ति गर्नका लागि आवश्यक स्रोतको खोजी कार्य भइरहेको बताए ।
बाढीपहिरोका कारण मनाङको पर्यटकीय क्षेत्रमा जति पर्यटक भित्रिनुपर्ने हो, त्यति मात्रामा भित्र्याउन नसकिएको उनको भनाइ थियो । यस जिल्लाको मुख्य आम्दानी नै पर्यटन क्षेत्र भएकाले यसलाई उठाउने कार्यमा लाग्न आवश्यक रहेकोले प्रदेश सरकार पनि लागि परेको घलेले बताए ।
गत जेठ १४ र असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढापहिरोले जिल्लाका निजी आवासमा पूर्ण क्षति पुगेका परिवारलाई राहत वितरण गरिएको हो । मनाङमा बाढीपहिरोले क्षति पुर्याएपश्चात मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष प्याकेजका रूपमा राहत पीडितसमक्ष पुर्याउने घोषणा गरेका थिए ।
सोही अनुरूप प्रदेश सरकारले राहत जनतासामु पुर्याएको हो । आंशिक क्षतिको आवश्यक मात्रामा तथ्याङ्क सङ्कलन गरी राहतको व्यवस्थापन गर्ने गण्डकी सरकारको लक्ष्य रहेको जनाएको छ ।
प्रहरीले बालिका करणी गरेको आरोपमा झापामा एक म्यादी प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जना...
रूपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खेलराज पाण्डे निर्वाचित भएका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भइन् । एमा...
चोरीको घटना अत्यन्तै न्यून हुने रसुवा जिल्लामा गए राति दर्जनौँ घर तथा भवनबाट सरकारी तथा निजी धनमाल चोरिएका छन् । जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार गए राति दक्षिणी रसुवाको कालिका गाउँपालिका–३ स्थि...
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संखया ४ पुगेको छ । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको जीप शनिबार साँझ सिमखोला पुलको बारमा...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेजबाट एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको उछितो काढ्नेगरी स्टेटस पोस्ट भएको छ । एमाले उपाध्यक्ष बादलको अभिव्यक्ति समेटिएको एक अनलाइन सञ्...
काठमाडौँ महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यलय सञ्चालन गर्ने भएको छ । कामपाको राजश्व विभाग र वडा कार्यलयहरू उक्त समय अवधिभित्र सञ्चालन रहने कामपाको विभागीय प्रमुख महेश काफ्...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...