०१ असार २०८३, सोमबार

मौन अवधि सुरु हुनु अघि राप्रपाले निकाल्यो यस्तो विज्ञप्ति

कात्तिक २०, २०७४
मौन अवधि सुरु हुनु अघि राप्रपाले निकाल्यो यस्तो विज्ञप्ति


काठमाडौँ, ११ असार - राष्ट्रिय प्रजातन्त्र पार्टीले यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी भई मतदान गर्न आग्रह गरेको छ ।RPP-logo

पार्टीका प्रवक्ता भुवन पाठकद्वारा आज जारीे विज्ञप्तिमा मुलुकमा परिवर्तित राजनीतिक प्रणालीमा संविधान कार्यान्वयनका क्रममा आसन्न स्थानीय तहको निर्वाचन महत्वपूर्ण रहेको उल्लेख गर्दै स्थानीय विकास तथा पूर्वाधार निर्माण गरी समृद्धि प्राप्त गर्न सो निर्वाचनमा निर्भिक रुपमा सहभागी भई अमूल्य मतको प्रयोग गर्न जनतालाई आह्वान गरिएको छ ।

निर्वाचनमार्फत सही उम्मेदवारलाई छनोट गरी देश र जनतालाई आर्थिक, सामाजिक रुपान्तरणमा सहयोग पु-याउन राप्रपाले सबैसँग आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्