२८ जेठ २०८३, बिहीबार

कांग्रेस काठमाडौँको मतदान सकियो, केहीबेरमा मतगणना हुने

मंसिर १२, २०७८
कांग्रेस काठमाडौँको मतदान सकियो, केहीबेरमा मतगणना हुने

नेपाली कांग्रेस काठमाडौँको मतदान सकिएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज बिहान १० बजेदेखि सुरु भएको मतदान केही बेर अगाडि सम्पन्न भएको हो । मतदानमा तीन हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधिले भाग लिएका छन् ।
 
काठमाडौँ कांग्रेसका सभापति कृष्ण (सबुज) बानियाँले सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएकाले आज रातिदेखि नै मतगणना गरिने जानकारी दिए। 

सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको काठमाडौँमा १० निर्वाचन क्षेत्र, २० प्रदेश सभा निर्वाचन क्षेत्र, १० नगरपालिका र एक महानगरपालिका तथा १३८ वडा रहेका छन् । कांग्रेस काठमाडौँको वडा अधिवेशन, पालिका अधिवेशन, प्रदेशसभा क्षेत्र अधिवेशन र क्षेत्रीय अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ । 

काठमाडौँ कांग्रेसको सभापतिका लागि वर्तमान सभापति बानियाँ र क्षेत्र नं २ का सभापति उपेन्द्र कार्कीबीच समूहसहित प्रतिस्पर्धा भएको छ । बानियाँ समूहको उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी र सहसचिवमा रोमेल श्रेष्ठ र प्राडा अमिता प्रधानले उम्मेदवारी दिएका छन् । 

यस्तै कार्की समूहको उपसभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ, सचिवमा कुमारराज सुवेदी र सागर रञ्जित तथा सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेदवारी दिएका छन् । कांग्रेसको प्रदेश अधिवेशन यही मङ्सिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्