२० असार २०८३, शनिबार

रक्त सञ्चार सेवा अब ताहाचलबाट सञ्चालन हुने

कात्तिक २०, २०७४
रक्त सञ्चार सेवा अब ताहाचलबाट सञ्चालन हुने


काठमाडौँ, ११ असार - नेपाल रेडक्रस सोसाइटीले ललितपुरस्थित ग्वार्काेमा रहेको अस्थायी रक्त सञ्चार सेवा केन्द्रलाई ताहाचलस्थित आफ्नै केन्द्रीय कार्यालयबाट सञ्चालन गर्ने भएको छ ।red cross

यसका लागि अस्थायी प्रिफेव भवन निर्माण सुरु गर्न लागिएको र तीन महिनाभित्र भवन निर्माण सम्पन्न भइसक्ने सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले जानकारी दिए ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले भृकुटीमण्डमा रहेको सेवा केन्द्रको भवनलाई पूर्ण क्षति पु¥याएपछि सोसाइटीले तत्काल सेवालाई अवरुद्ध हुन नदिन ग्वार्काेबाट सेवा प्रवाह गरेको थियो ।

स्वयंसेवी रक्तदाता एवम् रगतको खाँचो परी रगत लिन जानेहरुले सो स्थान अपायक भएको गुनासोलाई ध्यानमा दिई पुन केही समयका लागि स्थान सार्न लागिएको उनले बताए ।

अर्काेतर्फ भृकुटीमण्डपमा नै विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नयाँ भवन निर्माण गर्ने कार्य पनि सोसाइटीले एकै साथ अगाडि बढाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्