असार १३, २०७९
मोरङको बेलबारी नगरपालिकाले उपमेयरका लागि गाडी खरिद नगर्ने भएको छ । असार १० गते शुक्रवार भएको नगर सभाले गाडी खरिद गर्नका लागि बजेट विनियोजन नगरेको हो । नगरपालिकाले बजेट ल्याउनु पूर्व तय...
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा पूर्व माओवादी पक्षका ३ नेताले पदाधिकारी पाएका छन् ।
नेकपा विभाजन हुँदा माओवादी छाडेर एमालेतिर लागेका रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष तथा टोपबहादुर रायमाझी र लेखराज भट्टलाई सचिव प्रस्ताव गरिएको छ ।
पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाउने अधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमवार बिहान साढे ३ बजे पदाधिकारीमा प्रस्ताव गरेका छन् ।
आगामी ५ वर्षको लागि निर्वाचित हुने पदाधिकारीमा आफ्नो नेतृत्वमा टीम घोषणा गरेका हुन् । ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेलले पनि दावी गरेका थिए । ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेललाई प्रस्ताव गरेका छन् ।
प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाललाई उपमहासचिव प्रस्ताव गरेका छन् । टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिवमा प्रस्ताव गरेका छन् ।
भीम रावलले उपाध्यक्षमा बस्न अस्वीकार गरेको ओलीले बताए । उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका घनश्याम भुसाल ओलीको टिममा अटाएका छैनन् । यसअघि सचिव रहेका भीम आचार्य रिङआउट भएका छन् ।
पदाधिकारी प्रस्ताव गरेर ओलीले सोमवार बिहान ९ बजेसम्मका लागि बन्दसत्र स्थगित गरेका छन् । ओलीको प्रस्तावलाई लिएर व्यापक असन्तुष्टि देखिएको छ ।
बिहान ९ बजेपछि निर्वाचन कार्यक्रम शुरू हुने भएको छ । ओलीले पदाधिकारी प्रस्ताव गर्नुअघि भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने बताएका थिए ।
मोरङको बेलबारी नगरपालिकाले उपमेयरका लागि गाडी खरिद नगर्ने भएको छ । असार १० गते शुक्रवार भएको नगर सभाले गाडी खरिद गर्नका लागि बजेट विनियोजन नगरेको हो । नगरपालिकाले बजेट ल्याउनु पूर्व तय...
नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले पार्टीमा कुनै खालको विवाद नरहेको जिकिर गरेका छन् । पार्टी केन्द्रीय परिषद्को प्रथम बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भुसा...
निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नवनियुक्त मन्त्री मेटमणि चौधरीलाई बधाई दिएकी छन् । शहरी विकास मन्त्री चौधरीलाई उनले आफूले नीतिगत रुपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिन आग्रह पनि गरे...
शहरी विकास मन्त्री मेटमणि चौधरीले सोमवार पदस्थापन गरेका छन् । त्यसअघि मन्त्रालयका कर्मचारीले उनलाई फूलमाला र खादाले स्वागत गरेका थिए । नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्...
शहरी विकास मन्त्री मेटमणि चौधरीले पदको दुरुपयोग नगर्ने बताएका छन् । सोमवार पदस्थापनपछि प्रतिक्रिया दिँदै उनले आफ्नो क्षमताअनुसार इमान्दार भएर काम गर्ने बताएका हुन् । यस्तै उनले पहिलो निर्णयका र...
नेकपा (एस)का अध्यक्ष माधव नेपालले मंसिरमा संसदीय चुनाव हुने बताएका छन् । सोमवारबाट काठमाडौंमा शुरू भएको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश र प्रतिनिधि सभाको चुनाव मंसिरमा हुन...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्यो भने त्यो क्षम्य हुँदैन । बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...