२३ जेठ २०८३, शनिबार

चीन र उत्तर कोरियालाई आक्रमण गर्ने विकल्प खुला रहेको जापानका प्रधानमन्त्रीको दाबी

मंसिर १३, २०७८
चीन र उत्तर कोरियालाई आक्रमण गर्ने विकल्प खुला रहेको जापानका प्रधानमन्त्रीको दाबी

जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशको रक्षा क्षमता बलियो बनाउने कसम शनिवार खाएका छन् । 

चीन र उत्तर कोरियाबाट खतरा रहेको भन्दै किशिदाले जापान वरपर सुरक्षा स्थिति तीव्र गतिमा परिवर्तन भइरहेको बताए । 

जापान ग्राउन्ड सेल्फ डिफेन्स कोर्सको क्याम्प असालामा ८०० सैनिकहरूका अगाडि किशिदाले यो बयान दिएका हुन् । 

रक्षा क्षमतालाई बलियो बनाउन शत्रुको सैन्य अड्डामा आक्रमण गर्ने विकल्पलाई पनि अस्वीकार गर्न नमिल्ने उनको भनाइ छ । 

जापानको मध्यम अवधिको रक्षा कार्यक्रमका साथै राष्ट्रिय सुरक्षा र रक्षा दिशानिर्देशलाई समीक्षा गर्ने आदेश पनि किशिदाले दिएका छन् । 

उत्तर कोरियाले हालैका दिनका अत्याधुनिक रकेटहरूको परीक्षण गरेको छ । त्यसले गर्दा जापानको विद्यमान क्षेप्यास्त्र सुरक्षा प्रणाली अप्रभावकारी हुन सक्छ । चीनले पनि अपारदर्शी रूपमा सैन्य प्रविधि क्षमता बढाइरहेको छ । यसकारण जापान सरकारले नयाँ विकल्पका बारेमा सोच्नुपर्नेछ । 

सरकारले शत्रुको इलाकामा क्षेप्यास्त्र प्रक्षेपण स्थलमै आक्रमण गर्ने क्षमता हासिल गर्ने विकल्पको सोच राखेको छ । जापानमाथि आक्रमण हुने स्थिति आएमा सरकारले विकल्पहरूका बारेमा सोच्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्