०३ साउन २०८३, आइतबार

चीनले ताइवानको हवाईक्षेत्रमा फेरि उडायो २७ वटा युद्धविमान

मंसिर १३, २०७८
चीनले ताइवानको हवाईक्षेत्रमा फेरि उडायो २७ वटा युद्धविमान

चीनले ताइवानको हवाईक्षेत्रमा फेरि एकपटक २७ वटा युद्धविमान उडाएको छ । 

ताइवानको रक्षा मन्त्रालयले चिनियाँ सैन्य विमानहरू एयर डिफेन्स आइडेन्टिफिकेसन जोनको दक्षिणपश्चिम क्षेत्रमा आइतवार प्रवेश गरेको बताएको छ । 

चीनको सेनाले ताइवान जलसन्धिमा युद्धको तयारी अभ्यास गरेको केही दिनपछि चीनका विमान यसरी ताइवानको हवाईक्षेत्रमा प्रवेश गरेका हुन् । अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डलले ताइपेको भ्रमण गरी समर्थन जनाएपछि चीनको प्रतिक्रिया आएको हो । 

शुक्रवार पाँचजना अमेरिकी सांसदहरू दुईदिने भ्रमणका लागि ताइवान पुगेका थिए । 

अमेरिकी राजनीतिकर्मीहरूले गर्ने ताइवानको भ्रमणलाई चीनले नियमित रूपमा निन्दा गर्ने गरेको छ । चीनको परराष्ट्र मन्त्रालयले वाशिङटनसमक्ष सांसदहरूको पछिल्लो भ्रमणको औपचारिक विरोध गरेको छ । ताइवान कार्ड खेल्नु हारको बाटो भएको चीनको चेतावनी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्