२७ असार २०८३, शनिबार

अमेरिकाले रुसका २७ कूटनीतिकर्मीलाई दियो देश छोड्ने आदेश

मंसिर १३, २०७८
अमेरिकाले रुसका २७ कूटनीतिकर्मीलाई दियो देश छोड्ने आदेश

अमेरिका र रुसबीचको सम्बन्ध चिसिँदै जाँदा अमेरिकाले रुसका २७ जना कूटनीतिकर्मीलाई देश छोडेर जान आदेश दिएको छ । 

अमेरिकाका लागि रुसका राजदूत एनातोली एन्टोनोभले कूटनीतिकर्मीहरूलाई जनवरी ३० सम्म परिवारसहित अमेरिका छोड्न भनिएको जानकारी दिए । रुसी दूतावासमा पहिलेदेखि नै कर्मचारीको अभाव रहेको उनको भनाइ छ । 

रुसको परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाका अनुसार, अक्टोबर २९ सम्म अमेरिकामा रुसका २०० कूटनीतिकर्मी मात्र छन् । 

संयुक्त राष्ट्रसंघका लागि रुसको मिसन स्टाफ पनि त्यसैमा समेटिएका छन् । 

रुसमा रहेको अमेरिकाको मिसनको सदस्यहरूको संख्या सन् २०१७ मा १२ सय रहेकोमा अक्टोबर २०२१ सम्ममा घटेर १२० पुगेको छ । अमेरिकालाई रुसमा दूतावास चलाउन गाह्रो परिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्