
भुटेको चना स्वादिलो हुने मात्र नभई स्वास्थ्यका लागि पनि वरदान सरह छ । कार्बोहाइड्रेट्स, फाइबर, प्रोटीन, क्याल्सियम, आइरन र भिटामिन भरपूर भएको चनालाई गरीबको बदाम पनि भनिन्छ ।
विज्ञहरूका अनुसार, स्वस्थ व्यक्तिले दिनदिनै ५० देखि ६० ग्राम भुटेको चना खानुपर्छ । बोक्रा निकालेर भुटेको चना खाँदा राम्रो गर्छ ।
बलियो हाड
यसमा क्याल्सियमको मात्रा भरपूर भएकाले यसको सेवनले हाड बलियो हुन्छ । मांसपेशी पनि यसले बलियो बनाउँछ ।
शरीर ऊर्जावान्
फाइबर, आइरन र कारब्स भरपूर हुने भएकाले भुटेको चनाले शरीरलाई ऊर्जावान् राख्छ ।
पाचन सही
पाचनप्रणाली सही राख्नका लागि दिनदिनै भुटेको चना खाने गर्नुस् । कब्जियत र अपच जस्ता समस्या यसले हुन दिँदैन ।
मधुमेह रोक्न
भुटेको चनामा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ । यसले गर्दा चिनीको मात्रा बढ्न पाउँदैन । मधुमेहका रोगीले भुटेको चना अवश्य खानुपर्छ ।
इम्युनिटी बलियो
भुटेको चना खाँदा शरीरको इम्युनिटी बलियो हुन्छ । जाडोमा रुघाखोकी र ब्याक्टेरियल संक्रमणबाट बच्नका लागि यसले सहायता गर्छ ।
मूत्ररोगबाट छुटकारा
मूत्ररोगको समस्या भएका व्यक्तिले दिनदिनै सक्खरका साथ भुटेको चना खाँदा राम्रो गर्छ । यसले केही दिनमा नै फरक पार्छ ।
पुरुषको शक्ति बढाउन
भुटेको चनालाई राम्ररी चपाएर खाँदा पुरुषको शक्ति बढ्छ । यसले फर्टिलिटी बढाउँछ र वीर्य पातलो हुने समस्या हराउँछ ।
तौल नियन्त्रण
क्यालोरीको मात्रा कम र फाइबर धेरै हुने भएकाले भुटेको चना खाएपछि भोक नियन्त्रणमा रहन्छ । यसले गर्दा तौल मेन्टेन हुन्छ ।