०८ असार २०८३, सोमबार

सुनको मूल्य प्रतितोला ९२ हजार

मंसिर १३, २०७८
सुनको मूल्य प्रतितोला ९२ हजार

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ तोकिएको छ । 

अघिल्लो दिन प्रतितोला ९२ हजार १०० रूपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रूपैयाँ कायम भएको छ, जसको मूल्य आइतवार प्रतितोला ९१ हजार ६०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २२० तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्