२३ जेठ २०८३, शनिबार

पञ्जाबका सरकारी विद्यालयमा संस्कृत पढाइने, हिन्दूको भोट पाउनका लागि सरकारले लियो निर्णय

मंसिर १३, २०७८
पञ्जाबका सरकारी विद्यालयमा संस्कृत पढाइने, हिन्दूको भोट पाउनका लागि सरकारले लियो निर्णय

भारतको पञ्जाब विधानसभा निर्वाचनमा हिन्दू भोट बैंकले कांग्रेस पार्टीको टेन्सन बढाएको छ । 

सरकार र संगठनमा सिख अनुहार छ । दिग्गज हिन्दू अनुहार अगाडि आएको छैन । 

यस्तो अवस्थामा मुख्यमन्त्री चरणजीत चन्नीले पञ्जाबका सरकारी विद्यालयहरूमा संस्कृत पढाइने घोषणा गरेका छन् । त्यसलाई वैकल्पिक विषयका रूपमा पाठ्यक्रममा राखिनेछ । 

त्यसबाहेक रामायण, महाभारत र श्रीमद्भगवद्गीतामाथि अनुसन्धान गर्न विभिन्न केन्द्रहरू पनि खोलिनेछन् । 

मुख्यमन्त्री चन्नी आफैंले संस्कृत सिकेर महाभारतमा पीएचडी गर्ने भएका छन् । 

पञ्जाबमा ३८.४९ प्रतिशत हिन्दू भोट छ । १० प्रतिशत जट्टसिख भोटका लागि नवजोत सिंह सिद्धू कांग्रेस प्रदेश अध्यक्षका रूपमा छन् । ३२ प्रतिशत दलित भोट बैंकका लागि अनुसूचित जातिका मुख्यम्त्री चन्नी आफैं छन् । 

तर हिन्दू भोट बैंकका लागि कांग्रेससँग दिग्गज नेता छैन ।

पञ्जाब कांग्रेसका ठूला हिन्दू नेता सुनील जाखड हुन् । उनी पार्टीसँग रिसाएर घरमा बसेका छन् । पञ्जाब कांग्रेस इन्चार्ज हरीश चौधरीmे उनलाई फकाउने कोशिश गरेको भए पनि कुरा मिलेको छैन ।

हिन्दू भोट बैंकमा भाजपा र क्याप्टेन अमरिन्दर सिंहको राम्रो पकड छ । यिनीहरू मिलेमा कांग्रेसलाई शहरी क्षेत्रमा समस्या पर्नेछ । अमरिन्दरले भाजपासँग सीट शेयर गर्ने बताइसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्