×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

एमाले महाधिवेशन : ३०१ पदमा ३३३ को उम्मेदवारी

काठमाडाैं | मंसिर १३, २०७८

NTC
TVS INSIDE

चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया शुरू भएको छ । एमालेको सौराहा महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । 

Sanima Bank
morang Auto yamaha

नयाँ नेतृत्वका लागि पदाधिकारीसहित केन्द्रीय समितिमा ३३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । सुब्बाका अनुसार पदाधिकारीमा २३ तथा केन्द्रीय सदस्यमा ३१० जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दुई, वरिष्ठ उपाध्यक्षमा एक, उपाध्यक्षमा सात, महासचिवमा एक, उपमहासचिवमा तीन तथा सचिवमा नौ जनाको उम्मेदवारी परेको सुब्बाले जानकारी दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

केन्द्रीय पदाधिकारीको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा आवश्यक सङ्ख्यामा मात्रै उम्मेदवारी परेका कारण उनीहरु निर्विरोध निर्वाचित भएको सुब्बाले बताए । सुब्बाका अनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल तथा उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल निर्विरोध निर्वाचित हुनुभएको हो । 

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेका कारण उहाँहरुबीच प्रतिस्पर्धा हुने भएको छ । छ जना उपाध्यक्षको पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ । सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको सुब्बाले जानकारी दिए । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

केन्द्रीय सदस्यततर्फ भौगोलिक क्षेत्रअनुसार प्रदेश १ खुला छ जना आवश्यक भएकोमा नौ को उम्मेदवारी परेको छ भने तीन जना महिलामा तीन जनाको नै उम्मेदवारी परेको छ । त्यस्तै प्रदेश २ मा खुला छ मा छ तथा महिलातर्फ तीनमा तीन जनाको नै उम्मेदवारी परेको छ । वाग्मती प्रदेशबाट पनि खुलातर्फ छ जना केन्द्रीय सदस्यमा आठ जना तथा महिलातर्फ तीन जनामा तीन जनाकै उम्मेदवारी परेको सुब्बाले जानकारी दिए । 

गण्डकी प्रदेशको छ जना खुला केन्द्रीय सदस्यमा छ तथा तीन जना महिला कोटामा तीन जनाकै उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशको छ जना खुला केन्द्रीय सदस्यमा छ तथा तीन महिला केन्द्रीय सदस्यमा तीन जनाकै उम्मेदवारी परेको छ । कर्णाली प्रदेशको छ जना खुला केन्द्रीय सदस्यतर्फ छ जनाकै र तीन महिला सदस्यका लागि तीन जनाकै उम्मेदवारी परेको छ । 

सुदूरपश्चिम प्रदेशको तीन जना खुला केन्द्रीय सदस्यतर्फ नौ र तीन महिला केन्द्रीय सदस्यतर्फ छ जनाको उम्मेदवारी परेको सुब्बाले जानकारी दिए । त्यस्तैगरी उपत्यका विशेष खुला सदस्यमा एक र महिला सदस्यमा एक जनाकै उम्मेदवारी परेको छ । सम्पर्क समन्वयतर्फ खुला एकमा १ जनाकै उम्मेदवारी परेको छ भने एक महिला कोटामा दुई जनाको उम्मेदवारी परेको छ । 

समावेशी केन्द्रीय सदस्यतर्फ आदिवासी जनजातिको १७ पदमा १९ जनाको तथा आठ महिला सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको सुब्बाले बताए । मधेशीतर्फ १३ जना खुला केन्द्रीय सदस्यमा १५ तथा छ महिला केन्द्रीय सदस्यमा छ जनाकै उम्मेदवारी परेको छ । आठ दलित खुलातर्फ ११ जनाको र चार महिलातर्फ चार जनाकै उम्मेदवारी परेको सुब्बाको भनाइ छ । 

त्यसैगरी थारुबाट पाँच खुला केन्द्रीय सदस्यमा छ तथा दुई जना महिलाको कोटामा तीन जनाको उम्मेदवारी परेको छ । मुस्लिम खुलातर्फ चार जना केन्द्रीय सदस्यमा छ तथा एक महिला केन्द्रीय सदस्यमा एक जनाकै उम्मेदवारी परेको छ । श्रमिक खुलातर्फ चार जनाको पदमा चार जनाकै र दुई जना महिला कोटामा दुई जनाकै उम्मेदवारी परेको अध्यक्ष सुब्बाले जानकारी दिए । 

पिछडिएको क्षेत्रबाट खुलाको तीन पदमा पाँच तथा एक महिलाको कोटामा एक जनाकै उम्मेदवारी परेको छ । खुला केन्द्रीय सदस्यको ८४ पदमा ८५ जना तथा महिला आरक्षित ५३ पदमा ५४ जनाको उम्मेदवारी परेको सुब्बाले बताए । 

नेकपा एमालेका तीन वटा केन्द्रीय आयोगमा भने अवाश्यकताअनुसारको पदमा मात्रै उम्मेदवारी परेको छ । पच्चीस सदस्यीय केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका सबै पदमा निर्विरोध भएको सुब्बाले बताए । एमालेको केन्द्रीय समितिमा आवश्यक पदअनुसार उम्मेदवारी परेका सबै निर्विरोध निर्वाचित हुने र आवश्यक पदभन्दा बढी उम्मेदवारी परेको पदमा भने निर्वाचन गराइने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सुब्बाले जानकारी दिए । रासस
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ६, २०७८

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन समन्वय समितिको बैठक बिहीबार पनि बस्दैछ । दुई दिनअघि बसेको बैठकमा निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न गठबन्धनका दलहरू सहमत भएका  थिए । आजको बैठकमा निर्वाच...

माघ ४, २०७८

मधेश प्रदेशको राजधानी जनकपुर तोकिएपछि वीरगञ्जमा आन्दोलन शुरू भएको छ ।  आन्दोलनकारीले मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गरेका छन् । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर घरको सिसा फुटेको प्...

माघ ५, २०७८

निर्वाचनसँग सम्बन्धित कानूनमा व्यवस्था भएअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन भइसक्नुपर्ने देखिएको छ । संविधानले स्थानीय तहका निर्वाचित पदाधिकारी र सदस्यको कार्यकाल ५ वर्ष हुने भनेको छ । संविधा...

माघ ५, २०७८

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासका मुद्दामा राजनीति नगर्न सत्तारुढ दलहरूलाई आग्रह गरेका छन् । रुपन्देहीमा शुरू भएका केही विशेष योजना रोक्ने गरी भएका आन्दोलनप्रति संकेत गर्दै उन...

माघ ४, २०७८

नेकपा एमालेले ६३ जिल्ला अधिवेशन र २ विशेष जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । एमालेले मंगलवार नयाँ अध्यक्षहरूको सूची सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक गरेको छ । पर्सा, सिन्धुपाल्चोक, चितवन,...

माघ ५, २०७८

लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रदेशसभा बैठक अवरुद्ध गर्न थालेको ६ महिना पुग्यो । नयाँ सरकार बनेपछि २०७८ भदौ १ गते आह्वान भएको नवौं अधिवेशनदेखि हालसम्म १२ पटक बैठक बोलाइयो । ती सबै बैठक...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...