
मन्त्रिपरिषद्को बैठकले १० जना सचिवको सरुवा गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले १० जना सचिवहरूको सरुवा गरेको हो ।
एक मन्त्रीका अनुसार, शिक्षा मन्त्रालयका सचिव राम प्रसाद थपलियालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।
यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।
निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा लगिएको छ ।
शहरी मन्त्रालयमा सचिव मणिराम गेलाललाई लगिएको छ ।
यस्तै शहरी मन्त्रालयका सचिव रमेश सिंहलाई अतिरिक्त(जगेडा)मा राख्ने निर्णय गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा विज्ञान तथा प्रविधि(शिक्षा) सचिव राम प्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
निर्वाचन आयोगमा सचिव गोकर्णमणि दुवाडीलाई र वित्त आयोगमा सचिव भरतमणि सुवेदीलाई सरुवा गरिएको छ ।