०१ असार २०८३, सोमबार

महिला उम्मेदवारी ‘उप’मै सीमित

कात्तिक २०, २०७४
महिला उम्मेदवारी ‘उप’मै सीमित
काठमाडौँ, १२ असार - प्रमुख राजनीतिक दलले यही असार १४ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि महिलालाई उम्मेदवारी दिँदा दोस्रो पदमै खुम्चाएका छन् । संविधानले स्थानीय तहको प्रमुख तथा उपप्रमुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था गरे पनि ठूला दलहरूले दोस्रो पदमै महिला उम्मेदवारलाई सीमित गरेका हुन् ।
election_1दोस्रो चरणमा हुन लागेको ३५ जिल्ला अन्तर्गत १, ५ र ७ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि प्रमुख तीन दलले दिएको महिला उम्मेदवारी दोस्रो पदतिरै धकेलिएका छन् । संवैधानिक बाध्यता र निर्वाचन जित्न सक्दैन भन्ने बहानामा महिलालाई प्रमुख पदको जिम्मेवारीमा विरलै विश्वास गरिएको छ ।
प्राप्त तथ्याङ्क अनुसार प्रमुख तीन राजनीतिक दलहरू नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले २४ जना महिलालाई प्रमुखमा उम्मेदवारी दिएको खबर गोरखापत्रमा छ ।

salt training

कमेन्ट गर्नुहोस्