
नेकपा एमालेले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा नगर्ने भनिएपनि जारी मतदानमा प्यानलको सूची बनाएर महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको पाइएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भनेर प्यानलसहितको सूची वितरण गरेको पाइएको हो ।
सो सूचीमा ओलीले यसअघि बन्दसत्रमा बाचन गरेको नामावलीमा भोट हाल्न सूचित गरिएको छ। यस्तै निर्विरोध भएकालाई भोट नहाल्न पनि सूचित गरिएको छ । एमालेको महाधिवेशन अन्तरगत अहिले सौराहामा मतदान जारी छ।

