×

NMB BANK
NIC ASIA

कांग्रेसका जिल्ला अधिवेशनमा देउवा–पौडेल पक्षबीच कडा टक्कर

मंसिर १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका ५२ जिल्ला अधिवेशनको नजितामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कडा टक्कर देखिएको छ ।

Muktinath Bank

हिमाली जिल्लामा दशैंअघि एक निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर १० गते अधिवेशन गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२ नम्बर प्रदेशका ८ जिल्ला, रसुवा, धनकुटालगायत २५ जिल्लामा जिल्ला अधिवेशन हुन बाँकी छ । कतै अधिवेशन स्थगन गरिएको छ भने कतै क्षेत्रीय अधिवेशन सम्पन्न भए पनि जिल्ला अधिवेशनका लागि समय अपुग हुने अवस्था छ ।


Advertisment
Nabil box
Kumari

प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन भइसकेपछि जिल्ला अधिवेशन नहुँदा पनि महाधिवेशनलाई असर नहुने निर्वाचन समिति सदस्य जगन्नाथ श्रेष्ठले बताए । उनले भने, ‘प्रदेश अधिवेशन हुँदासम्म जिल्ला पनि सबै ठाउँमा अधिवेशनको प्रक्रियामा जान्छ होला । यद्यपि अब हामी प्रदेशतिर फोकस भएका छौं ।’

Vianet communication
Laxmi Bank

जिल्ला निर्वाचनअन्तर्गत मोरङमा भने दोस्रोपटक मतदान भएको छ । कांग्रेसमा सभापति जित्न ५१ प्रतिशत मत नल्याए दोस्रोपटक मतदान गर्ने व्यवस्था छ ।

काठमाडौंमा सबजु बानियाँले चुनाव जितेका छन् । बानियाँ यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिका सभापति थिए । उनलाई नेता प्रकाशमान सिंह र गगन थापाको साथ थियो । उनका निकटतम प्रतिस्पर्धी उपेन्द्र कार्की उपविजेता बन्न पुगे कार्कीलाई पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको सहयोग थियो ।

सबै पदाधिकारीमा बानियाँकै प्यानल निर्वाचित भएको हो । काभ्रेमा पनि देउवा–सिटौला पक्ष मिलेको थियो । झापामा भने प्रवक्ता विश्वप्रकाश शर्मा र सिटौला पक्षबीच चुनाव हुँदा सिटौला पक्षका नेता देउमान थेवेले सभापतिमा जितेका छन् ।

झापामा विश्वप्रकाश एक्लै र बाँकी समूह सबै सिटौलातिर थियो । १ नम्बर प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र ओखलढुंगामा देउवा समूह र भोजपुर, संखुवासभा, खोटाङ र तेह्रथुममा पौडेल–कोइराला समूहका नेता सभापति निर्वाचित भएका छन् ।

वरिष्ठ नेता पौडेलको क्षेत्र गण्डकी प्रदेशमा स्याङ्जा, लमजुङ, मनाङ, म्याग्दी र पर्वतमा देउवा समूहका सभापति निर्वाचित भएका छन् । गोरखा र मुस्ताङमा पौडेल समूहले जितेको छ । कास्कीमा पनि देउवा समूहले जितेको छ । तनहुँमा पौडेल समूहका वैकुण्ठ न्यौपाने र जितप्रकाश आलेबीच प्रतिस्पर्धा भएको थियो । अन्ततः देउवा पक्षका नेता आलेले जिते ।

बागलुङमा प्रदेश अधिवेशनपछि मात्र जिल्ला अधिवेशन गर्ने तय भएको छ । लुम्बिनीमा भने पौडेल समूह अगाडि आएको छ । नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, प्यूठान र रोल्पामा पौडेल समूह र रूपन्देही तथा रुकुमपूर्वमा देउवा समूहबाट जिल्ला सभापति चुनिइसकेका छन् ।

५२ जिल्लाको नतिजा आउँदासम्म सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको हो । सिटौला पक्षबाट भने झापामा एक सभापति मात्रै जितेका छन् । देउवा र पौडेल पक्षले २६/२५ जिल्लामा सभापति जितेका छन् भने जाजरकोट सभापति कतै पक्षतिर पनि खुल्न चाहेका छैनन् ।

सर्वसम्मत भएका कतिपय जिल्लामा भने देउवा र पौडेल पक्षले आ–आफ्ना पक्षधरले जितेको दाबी समेत गर्दै आएका छन् । १३औं महाधिवेशनमा जिल्लाको नेतृत्वमा कर्णाली प्रदेशका हुम्लाबाहेक ९ वटा जिल्लामा पौडेल समूह थियो । यसपटक नतिजा उल्टिएको छ ।

कर्णालीका १० मध्ये ८ जिल्लामा देउवा समूहले जितेको छ भने २ जिल्लामा मात्र पौडेल समूह विजयी भएको छ ।

निर्वाचन कार्यतालिका हेरफेर

प्रदेश अधिवेशनमा मंसिर १५ गते मनोनयन दर्ताको कार्यक्रम थियो तर यसलाई मंसिर १७ गते सारिएको छ । मंसिर  १६ गते प्रदेश अधिवेशन उद्घाटन हुने र त्यसको भोलिपल्ट मात्र मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले बताए ।

सोमवार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशन कार्यतालिकाको विषयमा निर्वाचन समितिसँग छलफल गरेका थिए । छलफलमा नेताहरूले महाधिवेशन उद्घाटन हुनुअघि नै मनोनयन दर्ता गर्नु व्यवहारिक नभएको भन्दै संशोधन गर्न आग्रह गरेका थिए ।

महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन गरेको छ । जसअनुसार निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । शीर्ष नेताहरूसँगको परामर्शअनुसार महाधिवेशन उद्घाटन पूर्व नै उम्मेदवारी दर्ता गर्ने योजना स्थगित गरिएको छ । कांग्रेस महाधिवेशन २४ मंसिरदेखि हुनेछ । २४ गते नै मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारी दर्ता २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ । दाबी विरोध लगायतका प्रक्रिया पूरा गरेर २६ गते साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । २७ गते बिहान ८ बजे मतदान हुनेछ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४–२६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

सर्लाहीमा गोली नै चल्यो

सर्लाहीको बलरा नगरपालिकास्थित गडहियामा कांग्रेसको वडा अधिवेशनका क्रममा मतदान अधिकृतलाई नियन्त्रणमा लिन खोज्दा झडप भयो । घटनामा ३ सुरक्षाकर्मी, १ मतदान अधिकृत र १ कांग्रेस कार्यकर्ता घाइते भएको निर्वाचन समितिले बताएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x