२२ जेठ २०८३, शुक्रबार

मौन अवधि सुरु, के गर्न पाइँदैन ?

कात्तिक २०, २०७४
मौन अवधि सुरु, के गर्न पाइँदैन ?
काठमाडौं, १२ असार - १४ असारमा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार मौन समयभित्र राजनीतिक दल तथा दलका उम्मेदवारहरूसमेतलाई निर्वाचनका लागि प्रचारप्रसारजन्य कुनै पनि किसिमका क्रियाकलाप गर्न पूर्ण रूपमा बन्देज छ, राजधानी दैनिकमा खबर छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदानको समय सुरु हुनु ४८ घण्टाअघिबाट नै मौन अवधि सुरु हुने भन्दै सो अवधिमा राजनीतिक दलहरूले प्रचारप्रसारलगायतका कुनै पनि गतिविधि गर्न नपाउने बताए ।Election Comission

आयुक्त इला शर्माका अनुसार मौन अवधिको उल्लंघन भएको पाइए वा कुनै पनि उम्मेदवारबाट उल्लंघन भए १ लाखसम्म जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्छ ।

के गर्न पाइँदैन ?

आचारसंहिताको परिच्छेद २ को नियम ५ (घ) अनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरणमा भनिएको छ, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउनेछैनन् । यस्तै मौन समय सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाएको हुनुपर्नेछ ।’
यस्तै एसएमएस, फेसबुक, भाइबर तथा विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्