२८ असार २०८३, आइतबार
एमाले महाधिवेशन

एमाले चुनाव : १२१० मत खस्यो, १० बजेसम्म मतदान सकेर ११ बजेभित्रै नतिजा ल्याउने तयारी

एमाले चुनाव : १२१० मत खस्यो, १० बजेसम्म मतदान सकेर ११ बजेभित्रै नतिजा ल्याउने तयारी

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भइरहेको मतदानमा बिहान ८ बजेसम्म १ हजार २१० मत खसेको छ ।

कूल २ हजार १५३ मतदाता रहेकोमा विद्युतीय मतदान मशिनबाट निर्वाचन भइरहेको निर्वाचन आयोगका सदस्य कुन्साङ योञ्जनले जानकारी दिए ।

मंगलवार बिहान ४ बजेदेखि मतदान शुरू गरिएको हो । बिहान १० बजेसम्म मतदान कार्य सकिने अनुमान गरिएको सदस्य योञ्जनले बताए ।

मतदान सकिएको आधा–एक घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको छ । विद्युतीय मशिनमा मतदान भइरहेकाले गणनाको काम केही मिनेटमै हुने तर अन्य व्यवस्थापन र तयारीमा केही समय लाग्ने आयोगले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्