२९ जेठ २०८३, शुक्रबार

एमाले चुनावमा मतदान गर्न महाधिवेशन प्रतिनिधि लामवद्ध [फोटोफिचर]

एमाले चुनावमा मतदान गर्न महाधिवेशन प्रतिनिधि लामवद्ध [फोटोफिचर]

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भइरहेको चुनावमा मतदान गर्न महाधिवेशन प्रतिनिधि लामवद्ध भएका छन् ।

मंगलवार बिहान ४ बजेदेखि शुरू भएको मतदानमा ८ बजेसम्म १ हजार २१० मत खसेको छ । २ हजार १५३ मतदाता रहेको चुनावमा महाधिवेशन प्रतिनिधिहरू भोट हाल्न लामवद्ध भएका छन् ।

विद्युतीय मतदान मशिनबाट मतदान भइरहेको निर्वाचन आयोगका सदस्य कुन्साङ योञ्जनले जानकारी दिए ।

मंगलवार बिहान १० बजेसम्म मतदान कार्य सकिने अनुमान गरिएको सदस्य योञ्जनले बताए ।

मतदान सकिएको आधा–एक घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको छ । विद्युतीय मशिनमा मतदान भइरहेकाले गणनाको काम केही मिनेटमै हुने तर अन्य व्यवस्थापन र तयारीमा केही समय लाग्ने आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्