२८ जेठ २०८३, बिहीबार

बागलुङ कांग्रेसको जिल्ला सभापतिमा शेरचन विजयी

मंसिर १४, २०७८
बागलुङ कांग्रेसको जिल्ला सभापतिमा शेरचन विजयी

नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी भएका छन् ।

कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतवार मतदान भएको थियो । 

केहीबेरअघि सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जगदीशचन्द्र उपाध्यायले ७२४ मत ल्याएका प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

शनिवार भएको मतदानमा ३ उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्रोर्ण कँवर निर्वाचनबाट बाहिरिएका थिए । त्यसपछि शेरचन र उपाध्यायबीच पुनः प्रतिस्पर्धा भएको हो । 

जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी भए । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरे । सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भए । शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गरे ।

सहसचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीष विजयी भए । खत्रीले ८५५ र श्रीषले ८८० मत प्राप्त गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्