१९ असार २०८३, शुक्रबार

जहाँ साहुले नै हाल्दिन्छन् भोट

कात्तिक २०, २०७४
जहाँ साहुले नै हाल्दिन्छन् भोट
बाजुरा, १२ असार - स्वामीकार्तिक–३ कडारबाडाका मंगल्या कडाराले अहिलेसम्म आफ्नै हातले मतदान गर्न पाएका छैनन्। यसपटक पनि उनका साहलाई नै मतदान गर्न दिने योजनामा छन्। भन्छन्हा, 'हामी राउँदैनौं, बिग्रिएला, रौतेला उठिबक्सेको छ, भाग्य रौतेलाकन बिन्ती गरुँला |' (हामी थाहा पाउँदैनौं, बिग्रियला, बाबुसाहेब उठेका छन्। साहुलाई मत हाल्न अनुरोध गर्छु)Fullscreen capture 6262017 73243 AM
सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम, डोटीलगायत जिल्लामा अझै पनि खलो र हलिया प्रथा कायमै छ। आफ्नो जग्गा नभएका कारण यहाँका दलित उपल्ला जातिको खेतमा काम गर्छन्। खेतमा काम गरेवापत पाउने अन्नलाई खलो प्रथाका रुपमा मानिन्छ।

शिक्षाबाट बञ्चित भएका कारण उनीहरुले आफैंले मतदान गर्दा बिग्रने डरले साहुलाई मतदान गर्न दिन्छन्। यस क्षेत्रका दलित मध्ये कडाराले घर चिन्ने, लुहारले फलामको काम गर्ने , दमाईले कपडा सिलाउने, चदाराले काठको काम गर्ने र सहनाईले बाजा बजाउने काम गरेवापत अन्न पाउँछन्। राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्