
नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार अब्दुल कलाम निर्वाचित भएका छन् ।
मंगलवार बिहान सम्पन्न मतगणनामा कलामले सभापति देउवा गुटका सभापतिका प्रत्यासी राजेश आचार्यलाई १०९ मत अन्तरले पराजित गरेका हुन् ।
कूल खसेको १ हजार ७६५ मतमा विजयी कलामले ९२८ र राजेश आचार्यले ८१९ मत ल्याए । २ उपसभापति पदमा रजतराज आचार्य र हुमकान्त खनाल तथा २ सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी विजयी भएका छन् ।
जिल्ला कार्यसमितिको पदाधिकारी सहितका पदमा रामचन्द्र प्यानल हाबी भएको छ । जिल्लामा प्रभावशाली मानिएका बृजेस गुप्ता, वीरेन्द्र कानोडिया लगायतका नेताहरू देउवा समूहमा लागे पनि नेतृत्वमा भने पौडेल समूहले बाजी मारेको छ ।