०९ असार २०८३, मंगलबार

कोरोनासँग जुध्न कतारले दियो ५० वटा भेन्टिलेटर

मंसिर १४, २०७८
कोरोनासँग जुध्न कतारले दियो ५० वटा भेन्टिलेटर

कतार सरकारले कोरोना महामारीसँग जुध्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

कतारका आमिर शेख तामिम विन हमाद अल थानीले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउनू भन्ने आदेश बमोजिम ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको कतार फण्ड फर डेभलपमेन्टले जनाएको छ । 

टर्किस एयरलाइन्सबाट काठमाडौं पठाइएको भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री कतारी राजदूतावासका कन्सुलर नासर विन घानिम अल-घानिम अल-मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझीमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरे । 

स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा कन्सुलर नासर अल-मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको गुणको बदलामा हरेक समयमा नेपाललाई आवश्यक पर्दा साथ दिन पछि नपर्ने बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए । 

स्वास्थ्य मन्त्रालयका सहसचिव डा. रायमाझीले कतार सरकारलाई धन्यवाद दिँदै सबै भेन्टिलेटरहरू अतिआवश्यक देखिएका सरकारी अस्पतालहरूमा उपलब्ध गराउने बताए । 

यसअघि पनि कतारले नेपाललाई चार्टड फ्लाइट मार्फत स्वास्थ्य सामग्री पठाएको थियो । साथै कोभ्याक्स कार्यक्रममार्फत् कोरोनाविरुद्दको खोप उपलब्ध गराएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्