२३ जेठ २०८३, शनिबार

‘कतारमाथिको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनविपरीत’

कात्तिक २०, २०७४
‘कतारमाथिको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनविपरीत’
इस्तानबुल, १२ असार- टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले कतारमाथि खाडी मुलुकका विभिन्न देशले लगाएको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुनविपरीत भएको दाबी गरेका छन् । ‘कतारमाथिको प्रतिबन्ध सरासर अन्तर्राष्ट्रिय कानुनविपरीत छ । प्रतिबन्ध खुकुलो बनाउने भन्दै ती मुलुकहरूले कतारमाथि विभिन्न सर्त थोपारेका छन्,’ राष्ट्रपति एर्डोगानले भने ।erdoganjpg-thumb-large

दुई साताअघि ६ खाडी मुलुक र माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका थिए । ती देशले पछिल्लो साता कतारमाथि विभिन्न सर्त राखेका छन् । अरब राष्ट्रले कतारको टेलिभिजन अल जजिरा बन्द गर्नुपर्नेलगायत १३ विभिन्न सर्त अघि सारेका छन् । कतारले सर्त स्वीकारे ऊसँगको सम्बन्ध पुनस्र्थापना हुने ती देशले बताएका छन् । कतारले भने ती सबै सर्त अस्वीकार गरेको छ, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्