१८ असार २०८३, बिहीबार

एमाले महाधिवेशन : प्रमाण पत्र वितरण र शपथ आजै, चितवन घोषणा पत्र जारी गरिने

मंसिर १४, २०७८
एमाले महाधिवेशन : प्रमाण पत्र वितरण र शपथ आजै, चितवन घोषणा पत्र जारी गरिने

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवन घोषणा पत्र जारी गर्दै आजै सकिने भएको छ ।

अध्यक्ष, उपाध्यक्षसहित केही पदका लागि भएको निर्वाचनको मतगणना सकेर निर्वाचितलाई आजै प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

विद्युतीय भोटिङ मशिनको प्रयोग भएकाले मतगणना छिट्टै सकिने अपेक्षा गरिएको छ ।

एमालेका कुल २ हजार ९६ प्रतिनिधिले मतदान गरेका छन् भने ५७ जना मतदानमा अनुपस्थित रहे ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी छ ।

salt training

कमेन्ट गर्नुहोस्