०६ साउन २०८३, बुधबार

विज्ञापन बोर्डको निर्णय तत्काल फिर्ता लिन ६ संगठनको माग

मंसिर १४, २०७८
विज्ञापन बोर्डको निर्णय तत्काल फिर्ता लिन ६ संगठनको माग

सरकारले जनस्वास्थ ऐनलाई देखाएर मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण प्रचार प्रसार नपाउने गरी विज्ञप्ति जारी गरेपछि सरोकारवाला निकायहरूले ध्यानाकर्षण गरेका छन् । 

मंगलवार विभिन्न ६ संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै विज्ञापन बोर्डले पछिल्लो पटक गरेका निर्णयले उद्योगव्यवसाय धरासायी हुनुका साथै रोजगारीमा समेत असर पर्ने बताएका छन् ।

नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी, मिडिया अलाइन्स नेपाल, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ र अखिल नेपाल फुटवल संघले संयुक्त विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मदिराजन्य वस्तुको विज्ञापन निश्चित परिधिभित्र रही विश्वका अधिकांश देशहरुमा खुला नै छ । मदिरालाई खाद्य वस्तुकै रुपमा लिने गरिन्छ र हाम्रो देशमा पनि यसलाई खाद्य ऐनले नै नियमन गर्ने गरेको छ । तर यसको विज्ञापन प्रसारण र प्रकाशनजस्ता कुरालाई कुनै एक देशले मात्र रोक्न खोज्नु असम्भव जस्तै भएको विदितै छ ।’

‘कानुन अनुसार नेपाली उत्पादक, विज्ञापन एजेन्सी वा नेपाली सञ्चारमाध्यमले कुनैपनि स्थान र माध्यमबाट मदिराको विज्ञापन गर्न नपाउने तर विदेशी ब्राण्डले विदेशी सञ्चार वा एजेन्सी मार्फत निरन्तर रुपमा आफ्नो ब्राण्डको प्रवद्र्धन गर्न पाउने अवस्थाले स्वदेशी लगानी र ब्राण्डमा समेत असर गर्ने कुरा जगजाहेर नै छ । यसको असर रोजगारीमा समेत परेर व्यवसाय धरासायी हुने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ ।

संयुक्त विज्ञप्तिमार्फत उनीहरूले विज्ञापन बोर्डको निर्णयले  नेपाली नीजि क्षेत्रलाई प्रतिकूल प्रभावित पार्ने भन्दै यसलाई अविलम्ब फिर्ता लिनुपर्ने माग राखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्