१० साउन २०८३, आइतबार

सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने विषय हरेकको एजेण्डा बन्नुपर्छ- झाँक्री

मंसिर १४, २०७८
सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने विषय हरेकको एजेण्डा बन्नुपर्छ- झाँक्री
फाइल तस्वीर।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बेला आएको बताएकी छन् । 

मंगलवार जलवायु परिवर्तनसँग सुहाउँदो शहरी विकास परियोजना कार्यक्रम सार्वजनिक गर्दै मन्त्री झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बेला आएको बताएकी हुन् । 

उनले ग्लोबल प्लेटफर्ममा नेपालले जनाएका प्रतिबद्धताहरूलाई सबै नागरिकहरूले आफ्नो एजेण्डा बनाएर अघि बढ्नुपर्ने आवश्यकतासमेत औंल्याइन् । 

‘काठमाडौंकै कुरा गर्ने हो भने बाटो साँघुरो छ, ट्राफिक जाम धेरै छ, एक–डेढ घण्टा पिक आवरमा जाममा जो कोही परिरहन्छ,’ उनले भनिन्, ‘त्यसले गर्ने इन्धनको खपत, प्रदूषण, मानिसको समयको बर्बादीलाई हामीले कसरी व्यवस्थापन गर्छौं भन्ने कुरा प्रत्येक मान्छेको एजेण्डा बन्नुपर्छ ।’

मन्त्री झाँक्रीले वस्तु र सेवाको उत्पादन बन्नुपर्ने काठमाडौं वस्तु र सेवाको उपभोगको केन्द्र बनेको बताइन् । 

उनले नयाँ शहर, मेगा शहर र स्मार्ट सिटी बनाउनको लागि अध्ययन र अनुसन्धानको खाँचो रहेको बताइन् । 

‘इन्जिनियरिङ क्षेत्रमा अब पढ्दा र पढाउँदा आजको काठमाडौंलाई ३० वर्षमा नयाँ काठमाडौं बनाउने योजनाअनुसार प्रत्येक विद्यार्थीहरुलाई प्रोजेक्ट दिएर पढाउनुपर्छ,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्