०५ असार २०८३, शुक्रबार

एमाले महाधिवेशनः सचिवमा गोकर्ण विष्टलाई सर्वाधिक मत, कसको कति ?

मंसिर १४, २०७८
एमाले महाधिवेशनः सचिवमा गोकर्ण विष्टलाई सर्वाधिक मत,  कसको कति ?

चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिवतर्फ गोकर्ण विष्टले धेरै मत ल्याएका छन् । 

विष्टले १९७६, योगेश भट्टराईले १९६४, पद्मा अर्यालले १८००, छबिलाल विश्वकर्माले १८००, लेखराज भट्ट १७०४, टोपबहादुर रायमाझी १७०० र रघुवीर महासेठको १५१३ ल्याएर विजयी भएका छन् । 

यस्तै टंकप्रसाद कार्कीले ५०० र भीमप्रसाद आचार्यले ३०० मत ल्याएका छन् । उनीहरू पराजित भए । 

यसअघि उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल निर्वाचित भएका छन् । उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । 

अध्यक्षमा भने केपी शर्मा ओली फराकिलो मतान्तरले विजयी भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्