२४ जेठ २०८३, आइतबार

निर्दयी आफन्त, उपचार नपाएर सडकमै मृत्यु

कात्तिक २०, २०७४
निर्दयी आफन्त, उपचार नपाएर सडकमै मृत्यु

गाईघाट, १२ असार– केही दिनयतादेखि बिरामी हुँदै आएका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित बिपी चोक बस्ने ४४ वर्षीय हरि राई आज बिहान गाईघाटस्थित मुख्य चोकको जिके पुस्तक पसल अगाडिको सडकमा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार राईको घरको आर्थिक स्थिति कमजोर रहेको र अन्य आफन्तले समेत रेखदेख नगरेपछि उनी बिरामी भए पनि सडकतिर नै डुल्ने र रात बिताउने गर्दै आएका थिए ।

गएराति गाईघाटको मुख्य चोकको जिके पुस्तक पसल अगाडि सडक किनारमा नै रात बिताएका राई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए।

आफन्त भएर पनि आफन्तले हेरचाह नगर्नु, कमलपित्तबाट प्रभावित भए पनि उपचार नपाउनु र सामान्य मानसिक रोगीसमेत रहेको कारण पनि राईको उपचारको अभावमा नै मृत्यु हुन पुगेको प्रहरीले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्