
अविताले अब नेपालमा पनि आफ्नो लाइफस्टाइल टेक ब्रान्डसहित व्यापार विस्तार गर्ने भएको छ।
कम्पनीले अमेरिका, हङकङ्ग, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारत जस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेको जनाएको छ।
कम्पनीका अनुसार अविताले नेपाली बजारमा आफ्नो पकड जमाउन विशेष गरी जीवन्त रंगमा डिजाइन गरिएको र विशिष्ट विशेषता सम्मिलित कुशलतापूर्वक निर्मित ल्यापटपका शृङ्खलाहरु ल्याएको छ।
यो ब्राण्डका ल्यापटप हल्का, अल्ट्रा–पोर्टेबल र अपूर्व विशेषताले भरि पुर्ण रहेकोले युवा वर्गलाई आकर्षित गर्ने विश्वास लिइएको छ।
यो ब्रान्डको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप शृङ्खलाले नेपालको बजारलाई उत्साहित गर्नेछ। सबै अविताका उत्पादनहरू २ वर्षको अन–साइट वारेन्टीसहित आउँदछन भने ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इन वारेन्टी आउने कम्पनीले जनाएको छ।