१२ साउन २०८३, मंगलबार

भीम रावलले लिन मानेनन् केन्द्रीय सदस्यको सपथ

मंसिर १४, २०७८
भीम रावलले लिन मानेनन् केन्द्रीय सदस्यको सपथ

नेकपा एमालेको अध्यक्षमा पराजित एवं केन्द्रीय सदस्यमा भने विजयी भएका डा. भीम रावलले केन्द्रीय सदस्यको सपथ लिएनन् । 

मंगलवार साँझ चितवनको सौराहामा एमालेको नवनिर्वाचित केन्द्रीय नेतृत्वलाई सपथ ग्रहण गराइएको छ । 

सपथ ग्रहण समारोहमा सहभागी भए पनि रावलले केन्द्रीय सदस्यको सपथ लिन इन्कार गरेका छन् । 

आफू अध्यक्षको मात्रै उम्मेदवार भएको केन्द्रीय सदस्यको उम्मेदवार भने नभएको रावलले बताएका छन् । 

अध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्यमा पनि नरहने रावलले मंगलवार दिउँसो सञ्चारकर्मीहरूसँग बताएका थिए । 

सौराहामा आज आयोजित घोषणा सभामा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले ९०४ मत प्राप्त गरेर रावल विजयी भएको घोषणा गरेका थिए ।

एमालेको आठौं महाधिवेशनमा पनि रावलले उपाध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्यको सपथ लिन मानेका थिएनन् ।

पछि माधव नेपाल प्रधानमन्त्री भएको बेला मन्त्री नियुक्त हुने भएपछि उनले केन्द्रीय सदस्यको सपथ लिएका थिए । 

घोषणा सभामा रावलले अध्यक्षमा मात्र आफ्नो उम्मेदवारी रहेको बताएका सुब्बाले जानकारी दिए ।

अध्यक्षमा २२३ मत प्राप्त गरेका रावलले केन्द्रीय सदस्यमा ९०४ मत प्राप्त गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्