०१ साउन २०८३, शुक्रबार

चीनको घेराबन्दी गर्न ग्वाम र अस्ट्रेलियामा सैन्य अड्डालाई थप आधुनिक बनाउँदै अमेरिका

मंसिर १५, २०७८
चीनको घेराबन्दी गर्न ग्वाम र अस्ट्रेलियामा सैन्य अड्डालाई थप आधुनिक बनाउँदै अमेरिका

अमेरिकाले प्रशान्त महासागरमा रहेको ग्वाम र अस्ट्रेलियास्थित सैन्य अड्डालाई आधुनिकीकरण गर्न थालेको छ ।

व्यापक समीक्षापछि अमेरिकाको रक्षा मन्त्रालयले चीन र रुसबाट हुने खतरालाई सम्हाल्नका लागि ती सैन्य अड्डाहरूमा सैनिकको संख्या बढाउने निर्णय लिएको छ । 

उता इरानमाथि लगाम कस्नका लागि पश्चिम एसियामा अमेरिकाले सैन्य तैनाथी कायम राख्नेछ । 

बाइडन प्रशासनले कार्यकालको आरम्भमै विश्व स्थिति समीक्षा गराएको थियो । त्यसको प्रतिवेदनलाई अहिलेसम्म गोप्य राखिएको छ । 

तैपनि अमेरिकी सेनाका लागि हिन्द प्रशान्त क्षेत्र प्राथमिकतामा रहने त्यसमा उल्लेख भएको संकेत पाइन्छ । 

चीन र उत्तर कोरियाको आक्रामक सैन्य अभियानमा रोक लगाउनका लागि सहयोगी र साझेदारहरूसँग अमेरिकाले सहकार्य बढाउन खोजेको छ । 

ग्वाममा विमानस्थल, इन्धन र हतियारहरूको भण्डार बढाइनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्