
नेपाली बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधवार तेजाबी सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, बुधवार चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।