×

NMB BANK
NIC ASIA

कोरोनाको नयाँ रूप ओमिक्रोन नेपाल नआउँदै स्वास्थ्य मन्त्रालयले किन गरायो सचेत ?

मंसिर १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको छ । रोल...

Muktinath Bank

बुधवार मन्त्रालयले कोरोना भाइरसको नयाँ रूपको ओमिक्रोनबाट बच्न एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालसम्म नेपालमा कोरानाको नयाँ रूप आइनसकेको भए पनि यसबाट बच्न अन्तर्राष्ट्रिय नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको र परीक्षणको दायरा बढाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । उनले सरकारले विदेश जाने/आउने कुराहरू, स्वास्थ्यका मापदण्ड उल्लंघन हुने खालका गतिविधिलाई कम गर्न अनुरोध गरेको पनि जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

सहप्रवक्ता अधिकारीले नेपालमा कोभिड–१९ का खोप अभियानहरू धेरै प्रभावकारी रहेको पाइएकाले खोप अभियानलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । उनले यो भेरियन्ट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले यो अवस्थालाई मध्यनजर गर्दै सरकारले विभिन्न नाका र स्थानमा निगरानी बढाएको बताए ।

Vianet communication
Laxmi Bank

सहप्रवक्ता अधिकारीले भने, ‘कोभिड–१९ संक्रमण गराउने भाइरस डिसेम्बरको अन्तिममा सफल भएसँगै यसले आफ्नो रूपहरू परिवर्तन गर्दै गएको छ । यस किसिमको भाइरसले आफ्नो रूप परिवर्तन गर्नसक्छ भन्ने कुराहरू विश्वव्यापी रूपमा सम्बन्धित चिकित्सा विज्ञानका विज्ञहरूलाई पहिलैदेखि थाहा भएको विषय हो । रूप परिवर्तन गर्ने क्रममा सामान्य परिवर्तन र जटिल किसिमका परिवर्तन २ वटामा कुन बढी परिवर्तन भएको हो भन्ने कुराले बढी महत्त्व राख्दछ । सामान्य परिवर्तन नियमित भइरहेको हुन्छ, त्यसले खासै प्रभाव पार्ने हुँदैन । अलि जटिल किसिमको परिवर्तन हुँदा त्यसको बनावटमा तलमाथि पर्छ र त्यसले संक्रमण हुने, लक्षण देखाउने, यावत कुराहरूमा फरक पार्न सक्ने हुन्छ । अहिले पछिल्लो समय नयाँ भेरियन्टको रूपमा रूप परिवर्तन गरेपछि त्यसलाई धेरैले रूप परिवर्तन भएको भनेर भन्ने गरेका छन् । त्यो परिवर्तित भेरियन्ट नयाँ रूपमा देखापरेको छ । त्यो भेरियन्ट यद्यपी नेपालमा आइसकेको छैन । त्यो भेरियन्ट नयाँ भेरियन्टहरू एक ठाउँबाट अर्को ठाउँमा बोकेर जाने हो । मानिस संक्रमित भएपछि अर्को ठाउँमा पुगेपछि अर्को व्यक्ति संक्रमित भएको आधारमा उहाँबाट फेरि अर्को व्यक्तिमा सरेर उहाँबाट फैलिने अवस्था हो । यो कुराहरूलाई मध्यनजर गरेर नेपाल सरकारले विदेश जाने/आउने कुराहरू, स्वास्थ्यका मापदण्ड उल्लंघन हुने खालका गतिविधिहरूलाई कम गर्न अनुरोध गरेको हो । संक्रमण रोकथाम नियन्त्रण गर्नलाई मानिसहरूको आवतजावतलाई व्यवस्थित गर्न,  मानिसहरूको जनस्वास्थ्य मापदण्डका पालनाहरूको निरन्तरता राख्न, कोभिड–१९ को खोप अभियानलाई निरन्तरता राख्न आवश्यक हुन्छ । यही सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरेर अत्यावश्यक कामभन्दा बाहेक घरभन्दा बाहिर ननिस्किन, अत्यावश्यक बाहेक विदेश जाने आउने काम नगर्न, नगराउनु हुन अनुरोध गरेको अवस्था हो । त्यही माध्यमबाट संक्रमण आउने, जाने भएको हुनाले सरकारले अन्तर्राष्ट्रिय नाकाहरुमा निगरानीका कामहरु बढाएको छ । परीक्षणका कामहरुलाई बढाएको छ । सिक्वेन्सीका कामहरुलाई बढाएको छ । यसो गर्दा भेरियन्ट आइहाल्यो भने पनि चाँडै पत्ता लगाउन सजिलो हुन्छ । चाँडै पत्ता लाग्दा थप अरु सुरक्षा, सावधानी अपनाउन सहज हुन्छ । पुष्टि भएको भेरियन्टका सन्दर्भमा धेरै कुराहरू आएका छैनन् । जति तथ्य आएका छन्, त्यसकै आधारमा हामीले लिएको जनस्वास्थ्यका मापदण्डहरू, हामीले लगाइरहेका कोभिड–१९ का खोप अभियानहरू धेरै प्रभावकारी रहेको पाइएको छ । हामीले निरन्तर खोप अभियानलाई सफलतातिर लैजानुपर्छ । धेरैभन्दा धेरै व्यक्तिहरू खोप अभियानमा सरिक हुनुपर्छ । ता कि समाज, सबै आफन्त सुरक्षित हुन सकियोस् । यो अवस्था सिर्जना गर्नलाई सरकारले निगरानी बढाउने, जनस्वास्थ्यका मापदण्डहरूको पालना बढाउने, कोभिड–१९ को खोप अभियानलाई तीव्र गतिमा लिएर जाने कामहरू गरिरहेको छ ।’

सहप्रवक्ता अधिकारीले सबै व्यक्तिहरू कोरोना विरुद्धको खोप अभियानमा सहभागी बन्नुपर्ने भन्दै यसलाई तीव्र गतिमा लिएर जानुपर्ने बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x