०९ असार २०८३, मंगलबार

चोरीका मोटरसाइकल चलाउने २ जना पक्राउ

मंसिर १५, २०७८
चोरीका मोटरसाइकल चलाउने २ जना पक्राउ

ट्राफिक प्रहरीले नक्कली बिलबूक बनाएर चोरीका मोटरसाइकल चलाउने २ जनालाई पक्राउ गरेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले वास्तविक नम्बर परिवर्तन गरी नक्कली बिलबूक बनाएर चलाउने काभ्रे पाँचखाल नगरपालिका–४ का ३० वर्षीय दिलीप राई र गोरखा पालुङटार नगरपालिका–९ का २५ वर्षीय नवीन कोइरालालाई बुधवार पक्राउ गरेको हो । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रदेश ३–०२–०११ प ४४०४ नम्बर रहेको पल्सर मोटरसाइकललाई नम्बर परिवर्तन गरेर नक्कली बिलबूक बनाएर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

बरामद भएको मोटरसाइकल जडीबुटीबाट हराएको भनी काठमाडौं महानगरपालिका–३२ का दुर्गानारायण श्रेष्ठले ट्राफिक महाशाखामा निवेदन दिएका थिए ।

बरामद गरिएको मोटरसाइकल र व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्