×

NMB BANK
NIC ASIA

सर्वोच्चको ७० वर्षे इतिहासमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी

मंसिर १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतमा बुधबारबाट न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । न्यायालयको ७० वर्षको इतिहासमा बुधबारदेखि गोला प्रक्रिया प्रणालीमा मुद्दाको पेसी तोकिएको हो । यसअघि प्रधानन्यायाधीशलाई सर्वोच्चका सबै मुद्दाको पेसी तोक्ने तजबिजी अधिकार थियो । बुधबारबाट भने पहिलोपटक सो अधिकार कटौती भएको छ ।

Muktinath Bank

बुधबार गोला प्रक्रिया प्रणालीबाट सर्वोच्चमा ११ वटा इजलास गठन भएका थिए । सर्वोच्चमा गोला तान्ने प्रयोजनका लागि समान रूप, रंग, आकार र बनोटका गोटी प्रयोग गरेर पेसी तोकिएको थियो । निर्देशिकाअनुसार त्यस्ता गोटीलाई अपारदर्शी थैलीमा राखेर वरिष्ठताका आधारमा न्यायाधीशले एक÷एकवटा तान्ने काम भएको थियो । त्यसरी तानेको गोटी सम्बन्धित न्यायाधीशले सीसीक्यामेरामा समेत रेकर्ड हुने गरी सबैलाई देखाइएको थियो । जसको अभिलेख आन्तरिक कम्प्युटरमा राखिएको छ । कोरोना संक्रमणका कारण प्रधानन्यायाधीश बुधबार सर्वोच्च अदालत उपस्थित भएनन् । प्रधानन्यायाधीश राणा औपचारिक रूपमा बिदामा नबसेकाले बुधबार बस्ने गरेको संवैधानिक इजलास उनको अनुपस्थितिमा बस्न सकेन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलोपटक ११ इजलास गठन भएको हो । ११ इजलासमा २ सय १७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो । तीमध्ये दुईवटा एकल इजलास छन् । न्यायाधीश मिरा खड्का र कुमार चुडालको एकल इजलास रहेको थियो ।


Advertisment
Nabil box
Kumari

बुधबार दीपककुमार कार्की र टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, हरिकुमार कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलास गठन भएको थियो । त्यस्तै, विश्वम्भरप्रसाद श्रेष्ठ र वमकुमार श्रेष्ठ, डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्मा, अनिता कुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र हरि प्रसाद फुयाल, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगाना तथा तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास गठन भएको थियो । प्रधानन्यायाधीश राणाको अनुपस्थितिमा कामु प्रधानन्यायाधीशमा दीपकुमार कार्कीलाई जिम्मेवारी नदिएको भन्दै बुधबार अधिकांश न्यायाधीशले इजलास बहिष्कार गरे । बुधबार २ सय १७ वटा पेसी सूचीमध्ये चारवटा मुद्दामा फैसला र नौवटा मुद्दामा मात्रै आदेश जारी भयो ।

Vianet communication
Laxmi Bank

सर्वोच्च अदालतले न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बनाएको न्यायालय विकृति अन्त्य गर्न गठित समितिले न्यायालयमा हुने भ्रष्टाचार मुद्दा पेसी तोक्दादेखि सुरु हुने औंल्याएको थियो । समितिले मुद्दा पेसीबाटै न्यायालयमा भ्रष्टाचार हुने कुरा औंल्याउँदै पेसी सूची स्वचालित प्रक्रियाबाट तोक्न सुझाव दिएको थियो । स्वचालित पेसी तोक्न नसके वैकल्पिक रूपमा गोला प्रक्रिया प्रणालीबाट मुद्दाको पेसी तोक्न सक्ने प्रतिवेदनमा औंल्याएको थियो । सो प्रतिवेदन कार्यान्वयन गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अग्रसरता नदेखाएको भन्दै असन्तुष्ट रहेका सर्वोच्चकै न्यायाधीशहरूको बैठकले गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गराएका थिए । सो निर्णयलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले स्वीकृत गरेपछि मूर्त रूप पाएको थियो ।

२ मंसिरको सर्वोच्च अदालतको न्यायाधीशको बैठकले पेसी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्दै गोलाप्रथाबाट पेसी तोक्नेगरी सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो । सो बैठकको निर्णयलाई प्रधानन्यायाधीश राणाले अनुमोदन गरेपछि फुलकोर्ट बैठकले मान्यता पाउँदै राजपत्रमा सूचना प्रकाशित भएको हो ।

६ मंसिरमा सर्वोच्चमा मुद्दाको पेसी गोला प्रणालीबाट तोक्नेगरी नियमावली संशोधनको सूचना राजपत्रमा प्रकाशित भएको थियो । फुलकोर्टले मिति तोकेपछि यो प्रणाली लागू हुने संशोधित नियमावलीमा उल्लेख छ ।

१३ मंसिरको राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएपछि गोला प्रक्रिया प्रणालीले मूर्तरूप पाएको हो । सर्वोच्च अदालतका १८ न्यायाधीश सम्मिलित बैठकले गोलाप्रथाबाट पेसी तोक्ने नियमावली संशोधन गर्दै पारित गरेको थियो । गोलाप्रथाबाट पेसी तोकिने नियमावली लागू हुने भएसँगै प्रधानन्यायाधीशको स्वविवेकी अधिकारका रूपमा रहँदै आएको अधिकार कटौती भएको छ ।

गोलाप्रथाबाट पेसी तोक्ने कार्यविधि लागू भएसँगै २००८ सालमा स्थापना भएको सर्वोच्चमा पहिलोपटक प्रधानन्यायाधीशबाट पेसी तोक्ने अधिकार खोसिएको हो । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा २०७७ साउन २७ गते स्वचालित पेसी व्यवस्थापनसम्बन्धी सम्भाव्यता अध्ययन गर्न एक समिति गठन भएको थियो । समितिले २०७७ फागुन २७ गते अध्ययन सम्पन्न गरेर प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाएको थियो । निराजन पौडेलले राजधानी दैनिकमा खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x