२३ जेठ २०८३, शनिबार

शिवम् सिमेन्टले गर्‍यो गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीहरूको जोखिम बीमा

मंसिर १६, २०७८
शिवम् सिमेन्टले गर्‍यो गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीहरूको जोखिम बीमा

शिवम् सिमेन्ट लि.ले पोखरा सहित गण्डकी प्रदेशका विभिन्न १० स्थानमा सम्पन्न निर्माणकर्मीहरुसंगको निर्माण सम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रमा ५ सय बढि निर्माण कर्मीहरुसंग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ ।

सो अन्तक्रिर्या कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि रु. ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको थियो ।

स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बाग्लुङ लगायत जिल्लाका विभिन्न १० स्थानमा ५ सय बढि निर्माणकर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सय बढी निर्माणकर्मीहरुसंग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरी सकेको छ ।

उक्त अन्र्तक्रिया कार्यक्रममा निर्माणकर्मीहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्