
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मोरङमा भएको चुनावमा दुई मेयर पराजित भएका छन् ।
सचिव पदमा दुई मेयर पराजित भएका हुन् । सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल र रतुवामाई नगरपालिकाका मेयर रविन राई पराजित भएका हुन् ।
सचिवमा संस्थापन पक्षबाट समूहबाट उठेको सुन्दरहरैचा नगरपालिकाका मेयर ढकालले १ हजार ८४ मत प्राप्त गरे भने संस्थापन इतर समूह बाट बागी उठेका रतुवामाई नगरपालिकाका मेयर राईले ४ सय ५५ मत मात्र प्राप्त गरेका छन् ।
जिल्ला सचिवमा संस्थापन इतर समूहका मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
घिमिरेले १ हजार दुई सय ३५ मत प्राप्त गरे भने श्रेष्ठले १ हजार पाँच सय ६९ मत प्राप्त गरे ।
जिल्ला उपसभापतिमा संस्थापन इतरपक्षबाट नागेश कोइराला र भक्तिनाथ माझी थारू निर्वाचित भए । कोइरालाले १ हजार ९ सय ४० मत पाएका थिए भने थारूले एक हजार तीन सय ४३ मत मात्रै प्राप्त गरे । सहसचिवमा भुवनेश्र मण्डल र सञ्जयकुमार मण्डल निर्वाचित भएका छन् ।
सभापतिका संस्थापन इतरका डिक बहादुर लिम्बुले सभापतिमा जितेका छन् ।
सभापतिमा संस्थापन पक्षका दिलिप गच्छदारलाई हराउँदै लिम्बु विजयी बनेका थिए ।
गत मंसिर १२ गते भएको चुनावमा उठेको लिम्बु ,गच्छदार र यदु बिष्टले ५१ प्रतिशत मत नल्याएपछि १४ गते पुन चुनाव भएको थियो। अन्य पदाधिकारी तथा सदस्यहरुको भने १२ गते आइतवार चुनाव भएको थियो ।