०२ असार २०८३, मंगलबार

लोकप्रिय मतसहित प्रतिनिधि बनेका आशिष शर्माले घोषणा गरे कांग्रेसको प्रदेश सदस्यमा उम्मेदवारी

मंसिर १६, २०७८
लोकप्रिय मतसहित प्रतिनिधि बनेका आशिष शर्माले घोषणा गरे कांग्रेसको प्रदेश सदस्यमा उम्मेदवारी

नेपाली कांग्रेसका युवा नेता आशिष शर्माले लुम्बिनी प्रदेश सदस्य पदका लागी उम्मेदवारी घोषणा गरेका छन । कपिलवस्तु क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित विजयी भएका शर्माले बिहीवार प्रदेश सदस्यका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

रुपन्देहीको भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी शर्माले प्रदेश सदस्यमा उम्मेदवारी दिने बताएका हुन् । आफ्नै उद्यममा लागेका शर्माले जिल्लाका कांग्रेस कार्यकर्ताको आग्रहमा सक्रिय राजनीति शुरु गरेका हुन् । 

पूर्वमन्त्री एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायका छोरा समेत रहेका शर्मा नेपाली कांग्रेस उद्योग तथा व्यापार बिभाग लुम्बिनी प्रदेशका संयोजक समेत हुन् । 

पारिवारिक पृष्ठभूमि राजनीतिक भएपनि व्यक्तिगत क्षमता र योग्यताका आधारमा उनले आफूलाई स्थापित गरेका हुन् । 

‘कपिलवस्तुमा रहेको नेपाली कांग्रेसको राम्रो पकड र संगठनलाई बचाइराख्न धेरैले राजनीतिमा आउन आग्रह गर्नुभयो, जिल्लामा अध्याधिक माया गरेपछि प्रदेश सदस्यको लागि उम्मेदवारी दिदैछु’ शर्माले भने । 

महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित विजयी भएका शर्माले कपिलवस्तुमा सबैलाई मिलाएर लैजान प्रयास गर्ने बताएका छन् । ‘राम्रो काम गर्छ भनेरै मलाई कपिलबस्तु १ का कांग्रेस कार्यकर्ताले मलाई सर्वाधिक मत दिएर विश्वास गर्नुभएको छ, उहाँहरुको विश्वासलाई टुटन दिने छैन’ शर्माले भने । 

मंसिर २४ देखि हुने कांग्रेसको महाधिवेशन अघि बिहीवार सातवटै प्रदेशमा अधिवेशन हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्