
पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार ११ हजार ४०३ जनामा परीक्षण गर्दा ३१५ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीवार देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको छ । कोरोना निको भई २०१ संक्रमित डिस्चार्ज भएका छन् ।
कोरोनाले थप ६ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ११ हजार ५३५ पुगेको मन्त्रालयले जनाएको छ ।